१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

हुण्डार्इकाे दशैं तिहार गेट सेट गो को विजेताहरु घोषित

काठमाडाैं– हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको  दशैं  तिहार ‘गेट सेट गो’ अफरको विजेताहरुको  नाम घोषणा गरेको छ।

सो अफरअन्तर्गत हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकले ६ लाखसम्मको छुट र एक वर्षको बिमा साथै सामसुङ ग्यालेक्सी एस–सिक्स एज स्मार्टफोन ५६ जनाले र बम्परमा हुन्डाई क्रेटा कार एक जनाले जित्ने अवसर पाएका थिए।

गेट सेट गो अफरको विजेताको घोषणा न्यूज २४ टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरी लक्की ड्रमार्फत भदौ ६ गते सोमबार गरिएको थियो। सो कार्यक्रमको मुख्य अतिथि उपभोक्ता आई नेपालका  अध्यक्ष बिमला खनाल र लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लब तथा नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान खेलाडी अनिल गुरुङ थिए।

‘सेट’ अफरअन्तर्गत ५६ भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सी एस–सिक्स एज जित्ने अवसर पाएका थिए। सो अफरका विजेता यसअघि नै हुन्डाई थापाथली र भाटभटेनी स्थित शोरुममा एक लक्की ड्र कार्यक्रमको आयोजना गरी घोषणा गरिएको थियो। लक्की ड्र शोरुममा उपस्थित ग्राहकहरुको हातबाट गरिएको थियो र विजेताहरुलाई पुरस्कार प्रदान  गरिएको  थियो।

साथै ‘गो’ स्किमअन्तर्गत, कुपन नम्बर ३९८ का सुमी श्रेष्ठ, बुटवलले हुन्डाई क्रेटा प्राप्त गरेकी छन्।
उक्त योजना २०७२ भदौ २४ देखि २०७२ मंसिर १० सम्म लागू गरिएको थियो।

 

प्रकाशित: ७ भाद्र २०७३ १२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App