१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

घरमा धुलो छ? यसरी हटाउनुस्

काठमाडौं मात्र होइन, देशका अन्य भागहरूमा पनि सडक विस्तार भइरहेको छ। यसले गर्दा जताततै धुलो भएको छ। धुलोले मानिसको स्वास्थ्यमा असर मात्र होइन, घरलाई नै फोहर बनाएको छ। 

धुलोले श्वासप्रश्वास र छालासम्बन्धी रोग निम्त्याउन सक्छ। त्यसैले, घरलाई धुलोरहित बनाउन जरुरी छ। यसले घरलाई सफा त बनाउँछ मात्र होइन, स्वस्थ रहन पनि सघाउ पु¥याउँछ। यी उपायले घरमा धुलो कम गर्न सघाउ पु¥याउँछ।

१. घरमा कार्पेटको मात्रा सकेसम्म कम गर्ने
धुलो र कार्पेटको गजबको सम्बन्ध छ किनभने कार्पेटमा धुलो अड्किहाल्छ। यदि तपाईंले घरमा धुलो चाहनुहुन्न भने सकेसम्म सबै कार्पेट हटाउनु उपयुक्त हुन्छ। तर, सबै अवस्थामा यो सम्भव हुँदैन। घरमा कार्पेट प्रयोग भइरहेको छ भने कम्तीमा साताको एकपटक भ्याकुम क्लिनर प्रयोग गर्नु पर्छ। दिनदिनै भ्याकुम लगाउन सके धुलोको मात्र निकै घट्छ।

हेपा फिल्टर भएको भ्याकुम प्रयोग गर्दा प्रभावकारी हुन्छ। फ्लोर म्याट र गलैंचालाई भने प्रायः बाहिर निकालेर धुलो फाल्नु फाइदाजनक हुन्छ।

२. माथिल्लो तलाबाट सफा गर्नुस् 
भ्याकुम वा कुचो लगाउँदा पनि ध्यान दिनु आवश्यक हुन्छ। यदि तपाईंले धुलो खस्नुअघि सफा गर्नु भयो भने त्यसको अर्थ हुँदैन। त्यसैले, जहिले पनि सफा गर्दा माथिल्लो तलाबाट सफा गर्नुपर्छ। नत्र माथिल्लो तलाको फोहर वा धुलो तल्लो तलामा खस्ने सम्भावना हुन्छ। 

३. सफा गर्ने सामग्रीमा ध्यान पु-याउनुस् 
यदि तपाईंलाई सरसफाइमा दक्ष भएको लाग्छ भने यो भ्रम हुन सक्छ। किनकी सरसफाइको दक्षता प्रयोग गर्ने साधनहरूबाट थाहा हुन्छ। यदि तपाईंले सरसफाइ गर्दा प्वाँखजस्तो सामग्री वा सुख्खा कपडा प्रयोग गर्नुभएको छ भने यो दक्ष नहुनुको उदाहरण हो। सरसफाइ गर्दा हल्का भिजेको कपडा प्रयोग गर्न सकिन्छ। माइक्रो फाइबर पनि सरसफाइका लागि राम्रो हुन्छ । त्यसलाई चिसो बनाउनु पनि पर्दैन। माइक्रो फाइबरले धुलो तान्ने चुम्बकको रूपमा कामसमेत गर्छ।

४. डोर म्याटको प्रयोग गर्नुस्
के तपाईंलाई थाहा छ? तपाईंको घरमा आउने आधाभन्दा धेरै धुलो घरको झ्याल र ढोकाबाट आउँछ। त्यसैले, धुलोलाई घरभित्र छिर्नुअघि नै रोक्नुस्। दिनभर घरबाहिर रहेको मानिस घरभित्र छिर्दा धुलो बोकेर ल्याउँछ। यदि डोर म्याटको प्रयोग भएको छैन भने त्यो सबै धुलो घरभित्र छिर्छ। डोर म्याटले पूर्णरूपमा धुलो रोक्ने त होइन। तर, त्यसले अवश्य पनि केही धुलोलाई घरभित्र छिर्नबाट रोक्न सक्छ।

५. सामानहरूको भीड हटाउनुस्
घरको वरपर हेर्नुस्। के तपाईंको दराज वा तख्ताहरू भारीले भरिएका छन्? अथवा कुनामा धुनु पर्ने कपडाको खात छ? ती सबैभन्दा धेरै धुलो जम्मा हुने ठाउँहरू हुन्। सकेसम्म ती खातहरू हटाउनुस् वा त्यसबाट के घटाउन सकिन्छ भनेर विचार गर्नुस्।

६. पाल्तु जनावरलाई नबिर्सनुस्
तपाईंलाई घरका पाल्तु जनावर अवश्य पनि मन पर्छ। तर, ती तपाईंको घरमा धुलो ल्याउने अर्को प्रमुख कारणहरू हुन्। छालामा मरिरहने कोष र भुत्लाहरूले धुलो ल्याइरहन्छन्। त्यसैले तपाईंले उनीहरूलाई खुसी राख्न मात्र होइन, घरलाई सफा राख्नका लागि नियमित रूपमा नुहाइदिनुस्। 

७. तन्नाहरू बदल्नुस्
यदि तपाईंले नियमित रूपमा तन्ना फेर्नुहुन्न भने हरेक साता तन्ना बदल्नुस्। ओछ्यानमा धुलो फैलिनका लागि धेरै स्थान हुन्छ। त्यसैले, तन्ना फेरिरहनु महत्वपूर्ण हुन्छ। त्यस्तै, सिरक र सिरानीको खोल पनि नियमित रूपमा धुनु र त्यसबाट धुलो हटाउनु महत्वपूर्ण हुन्छ।

८. एयर प्युरिफायर किन्नुस्
बजारमा धेरै खालका एयर प्युरिफायरहरू पाइन्छन्। आफ्नो आवश्यकता पहिचान गरेर आफूलाई मिल्ने खालको एउटा एयर प्युरिफायर किन्नुस्। धुलोलाई राम्रोसँग रोक्न सक्ने खालको एयर प्युरिफायर किन्नुभयो भने धुलोबाट हुन सक्ने एलर्जीलाई पनि कम गर्न सकिन्छ।

९.दराजलाई व्यवस्थित गर्नुस्
कपडा राख्ने दराज धुलोका लागि स्वर्ग जस्तै हो। दराजमा स–साना फाइबरबाट बनेका कपडा रहन्छन्। जब दराजको ढोका खोलिन्छ, आँखाले नदेख्ने धुलो दराजभित्र छिर्छन्। त्यसैले, नियमितरूपमा दराज सफा गनुपर्छ। यसले दराजको धुलो कम गर्न सकिन्छ। दराज सफा गर्दा कपडाले पुछ्नु राम्रो मानिन्छ।

(एजेन्सीको सहयोगमा शिक्षा रिसालले तयार पारेको सामग्री)

प्रकाशित: १७ चैत्र २०७४ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App