१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मनाङ मर्स्याङ्दी सेमिफाइनलमा

बुटवल – विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब बिहीबार बुटवलमा जारी तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मानवज्ञान माविको खेलमैदान बुटवलमा भएको प्रतियोगितामा नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो। मनाङले अब चैत १७ गते हुने दोस्रो सेमिफाइनलमा सुनौलो संगम क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

बिहीबार खेल सुरु भएको १४औं मिनेटमा नेपाल पुलिस क्लबका एज तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।  दोस्रो हाफमा भने पुलिसले अग्रता जोगाउन सकेन। ६१आैं मिनेटमा मनाङका खेलाडी भिक्टरको पासमा अञ्जन विष्टले गोल गर्दै खेललाई बराबरीमा पु-याए।

खेलको ७५औं मिनेटमा मनाङका उनै अञ्जनले गरेको गोल निर्णायक बन्यो। प्रतियोगितामा दुई गोल गरेका अञ्जन विष्ट म्यान अफ दी म्याच घोषित भए। प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनमा शुक्रबार आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १६ चैत्र २०७४ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App