१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

त्रिशुली–गल्छी जलविद्युतको निर्माण जिम्मा चिनियाँ कम्पनीलार्इ

काठमाडौं– सिद्घकाली पावर लिमिटेड कम्पनीले प्रवर्द्धन गरेको त्रिशुली गल्छी जलविद्युत आयोजनाको निर्माण चिनिया कम्पनीले गर्ने भएको छ। चीनको सिचुवान प्रान्तको राजधानी छेदुङस्थित डन्ग्फेंग इलेक्ट्रिक कर्पोरेशन र सिद्घकाली पावर लिमिटेड कम्पनीबीच विहीबार लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको हाे।

नुवाकोट र धादिङ जिल्लाको बीचमा निर्माण हुने भनिएको यो कुल ७५ मेगावाटको जलविद्युत आयोजना  २०७५ साउनमा सुरु भर्इ ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ। लक्ष्मी बैंक लिमिटेडको अगुवार्इमा हुन लागेको यो आयोजना निर्माण सम्पन्न भई संचालनमा आएको २ बर्षभित्र फिर्ता भइ सक्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ।

रु १५ अर्व ५० करोड लागत भएको उक्त परियोजनामा चिनिया कम्पनीले रु ९ अर्ब ८३ करोड लगानी गर्नेछ भने बाँकी रकम नेपाली लगानीकर्तामार्फत संकलन गरी परियोजना निर्माण सम्पन्न गरिनेछ।

डन्ग्फेंग इलेक्ट्रिक कर्पोरेसन टरवाईन तथा जेनेरेटर उत्पादन गर्ने विश्व प्रसिद्घ कम्पनीहरु मध्येको एक हो। यस परियोजनाको सिभिल कार्य उक्त कम्पनीको साझेदार कम्पनी चाइना रेल्वे ब्युरो-२ ले गर्नेछ। यो कम्पनी हाल भेरी बबई सिँचाई आयोजनाको सुरुङ निर्माण कार्यमा समेत संलग्न रहेको छ।

त्रिशूली गल्छी जलविद्युत परियोजनाको जडित क्षमता ७५ मेगावाट भएतापनि वर्षातको समयमा पर्याप्त पानी हुने हुँदा यस परियोजनाले ८२.५ मेगावाटसम्म विद्युत उत्पादन गर्न सक्नेछ।

यो परियोजना अन्तर्गत त्रिशुली नदीमा तलाउ समेत बनाइनेछ, जसले आन्तरिक पर्यटनमा समेत प्रवर्द्धन हुने अनुमान गरिएको छ। राजधानी नजिकै तलाउको निर्माण हुने हुँदा रिसोर्ट र होटलहरुको समेत बिकास हुने बताइएको छ।

प्रकाशित: १५ चैत्र २०७४ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App