१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

क्यानको विशेष साधारण सभा ६ र ७ गते, प्रतिबन्ध हट्ला ?

काठमाडौं– अाइसीसीबाट निलम्बित नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारण सभा वैशाख ६ र ७ गते हुने भएको छ।

यसअघि १३ र १४ गते हुने भनिएपनि आइसीसीका पदाधिकारीले त्यसअघि नै उपस्थित हुनसकिने सूचना पठाएपछि साधारण सभा अघि सारिएको निर्वाचित क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताए। ‘आइसीसीको निर्देशनअनुसार विशेष सधारणसभाले विधान संशोधन संशोधन गर्छ’, उनले नागरिकसँग भने– ‘प्रतिबन्ध हट्ने नहट्ने आइसीसीको हातमा छ।’

आइसीसीको एड्भाइजरी ग्रुपको सल्लाहमै सधारणसभाको मिति तय भएको उनले बताए। ‘आइसीसीका प्रतिनिधीको उपस्थितीमा विधान संशोधन हुन्छ,’ अध्यक्ष चन्दले भने– ‘एड्भाइजरी ग्रुपमा जे सहमति हुन्छ त्यही अनुसार अघि बढ्छौं।’

नेपालले विश्व क्रिकेटमा एकदिवसीय मान्यता पाएसँगै आइसीसीको दबाबमा क्यानको साधारणसभा हुन लागेको हो। साधारणसभाले क्यानको प्रतिबन्ध हट्ने र पूर्वाधारसहित क्रिकेटको समग्र विकास अघि बढ्ने खेलकुद पदाधिकारी, खेलाडी र शुभचिन्तकको विश्वास छ।

आइसीसीको निर्देशनअनुसार विधान संशोधन भए क्यानमाथिको प्रतिबन्ध हट्न सक्ने बताइएको छ।

प्रकाशित: १५ चैत्र २०७४ १०:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App