१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लब भिड्दै

बुटवल – बुटवलमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको क्वाटरफाइनल खेलमा  बिहीबार (आज) मनाङ मर्स्याङ्दी र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

खेल दिउँसो ३ बजेपछि बुटबलको रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा सुरु हुनेछ।

यसअघि बुधबार भएको खेलमा प्रतियोगिताको एक मात्र पाहुना टिम हिमालयन एफसी मलेसियालाई २–१ गोलले पराजित गर्दै थ्री स्टार क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

गोल्डकपको विजेताले १५ लाख ट्रफी,मेडल र उपविजेताले ७ लाख ५० हजारका साथै ट्रफी,मेडल प्राप्त गर्नेछन्। त्यस्तै सेमिफाइनलमा पुग्ने २ टोलीलाई पनि नगद १–१ लाख पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

यही चैत १९ गतेसम्म सन्चालन हुने प्रतियोगितामा १० टिम नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, थ्री स्टार, मनाङ मर्स्याङ्दी, झापा ११, मदन भण्डारी स्पोर्टस एकेडेमी काठमाडौं,सुनौलो संगम युवा क्लब बुटवल, सुदूरपश्चिम ११ र मलेसियाको हिमालय फुटबल क्लबको सहभागीता रहेको छ।

प्रकाशित: १५ चैत्र २०७४ ०४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App