१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एकीकरणको माग गर्दै हस्ताक्षर बुझाउने तयारी

काठमाडौं– पार्टी एकीकरणका लागि दबाब दिन राप्रपा नेता लोकेन्द्रबहादुर चन्दसहित उनी पक्षीय ४६ जना नेताले अध्यक्ष पशुपति शमशेर राणालाई हस्ताक्षर बुझाउँदै छन्। उनीहरुले १५ दिनभित्र पार्टी एकीकरण गरिसक्नुपर्ने भन्दै अध्यक्ष राणालाई मंगलबार हस्ताक्षर बुझाउन लागेका हुन्।  राप्रपा र राप्रपा नेपालबीच एकीकरणकालागि सैद्धान्तिक सहमति भइसकेको भन्दै तत्काल पार्टी एकीकरण गर्नुपर्ने पक्षमा नेता चन्द र उनी पक्षीय नेता रहेका छन्।

एकीकरणको तयारी अन्तिम अवस्थामा पुगेपछि राप्रपा अध्यक्ष राणाले एकीकरण अभियानमा नलाग्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएपछि एकीकरण अभियान भाँडिएको थियो।  चन्द पक्षीय नेताहरु बुद्धिमान तामाङ, तोरन गुरुङ, भुवन पाठक, जयन्त चन्द, राजेश गिरी तथा धनबहादुर बुढालगायतका नेता पार्टी कार्यालय चावहिल पुगेर अध्यक्ष राणालाई पार्टी एकीकरण गर्न दबाब दिन हस्ताक्षर बुझाउने तयारी गरेका हुन्।

 

प्रकाशित: ७ भाद्र २०७३ ०४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App