१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कापेलोले चिनियाँ क्लब छाडे


सांघाइ –  इङ्ल्यान्ड र रियाल मड्रिडका पूर्वप्रशिक्षक फाबियो कापेलोले ९ महिनापछि नै बुधबार चिनियाँ सुपर लिगको क्लब जियान्सु सुनिङ छाडेका छन्।  

इटालीको राष्ट्रिय टोली प्रशिक्षण लागि आएको प्रस्तावसमेत अस्वीकार गरेका ७१ वर्षीय  कापेलोले छोडेपछि चिनियाँ क्लब जियान्सुले चेल्सीका पूर्वमिडफिल्डर रामिरेज र ब्राजिलका एलेक्स टेक्सेरियालाई प्रस्ताव गरेको छ । ‘दुवै पक्षको आपसी सहमतिबाट कापेलोले पद छोडेका हुन्,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

एसी मिलानबाट प्रशिक्षण सुरु गरेका कापेलोले युभेन्ट्स, एएस रोमा र रूसको टोलीलाई पनि नेतृत्व दिएका थिए । गत जुनमा एक सिजनका लागि एक करोड युरोको आकर्षक प्रस्तावमा जियान्सु पुगेका कापेलोले रेलिगेसनबाट बच्न संघर्षरत क्लबलाई उद्धार गरेका थिए । १६ टिम सहभागी लिगमा उनको क्लब बाह्रौं भएको थियो।

पूर्वी सहर नान्जिनको क्लबले यस सिजनका तीन खेलमा २ हार र १ जित हासिल गरेको छ । यो क्लब इटालियन सिरी ‘ए’ को टोली एसी मिलानका मालिक झाङ जिन्दोङको स्वामित्वमा छ।

प्रकाशित: १५ चैत्र २०७४ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App