१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

झापा फाइनलमा

उदयपुर – उदयपुरको कटारीमा जारी ‘चौथौ कटारी मेयर गोल्डकप फुटबल प्रतियोगिता ०७४’ मा साहारा क्लब पोखरालाई हराउँदै झापा ११ उपाधिनजिक पुगेको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा सहारालाई २–० को गोलअन्तरले पराजित गर्दै झापा फाइनलमा पुगेको हो।

खेल सुरु भएको छैटौं मिनेटमा झापाका खेलाडी सरोज कार्कीले पहिलो गोल गरेर आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। खेलको ८६औं मिनेटमा अर्का खेलाडी कर्ण लिम्बुले दोस्रो गोल  गरेपछि झापा उपाधिको दावेदार बन्न पुगेको हो। झापाले बिहीबार हुने गोर्खा ब्वाइज क्लब रूपन्देही र संकटा क्लब काठमाडौंबीचको विजेतासँग फाइनल खेल्नेछ।

झापाका विकास थुलुङले म्यान अफ दी म्याच भएबाप ५ हजार रुपियाँ नगद प्राप्त गरे  कटारी खेलमैदानमा गत शनिबारदेखि जारी प्रतियोगितामा ए डिभिजनका ३ क्लबसहित ८ टोलीको सहभागिता रहेको  छ।

यस वर्षदेखि गोल्डकप विजेता टोलीलाई नगद ५ लाखका साथै ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेतालाई २ लाख ५१ हजार नगद र मेडल तथा प्रमाणत्रप प्रदान गरिने मूल आयोजक समितिका अध्यक्ष विनोद कटुवालले बताएका छन्। कटारी नगरपालिकाको सहकार्य र साथी समूह कटारीको संयोजनमा भएको प्रतियोगिताको फाइनल शनिबार हुनेछ।

प्रकाशित: १५ चैत्र २०७४ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App