१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पञ्चकन्या ग्रुप र सरकारी प्रतिनिधिबीच छलफल

काठमाडौं– पञ्चकन्या ग्रुपले आफ्नो कम्पनीद्वारा उत्पादित विभिन्न सामग्रीको विषयमा सरकारी निकायका प्रतिनिधिसँग छलफल गरेको छ । पञ्चकन्याले राजधानीमा एक कार्यक्रम आयोजना गरी आफ्ना उत्पादन र विभिन्न योजनाको विषयमा प्रस्तुति राखेको थियो।

कार्यक्रममा पञ्चकन्या ग्रुपका सेल्स एण्ड मार्केटिङ म्यानेजर सम्बु कर्णले कम्पनीको लाइट गेज स्टिल स्टक्चरको (एलजिएस) विषयमा प्रस्तुति गरेका थिए । कम्पनीका सेल्स म्यानेजर हर्कबहादुर थापा मगरले प्लास्टिक वर्गीकरणको विषयमा प्रस्तुति गरेका थिए । उनले एचडिपिई, पिभिसी, पिपिआर र सिपिभिसीको विषयमा जानकारी गराएका थिए।

कम्पनीका प्रबन्ध निर्देशक उज्वल श्रेष्ठले वाटर प्लानिङको विषय प्रस्तुति राखेका थिए । भारतका सिकुसी कम्पनीका मोहित वशलले ‘इजी इन्स्टलेसन फर सिपिभिसी’को विषयमा प्रस्तुति राखे ।कार्यक्रममा कम्पनीले उत्पादन गरेका विभिन्न पाइप, प्लास्टिक, डन्डी, फिटिङ सामग्री र ती सामग्रीको गुणस्तरीयताबारे छलफल गरिएको थियो । सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक शिवहरी शर्मालगायत कार्यक्रममा सहभागी थिए ।
 

प्रकाशित: १५ चैत्र २०७४ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App