१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कूटनीतिज्ञसँग भेटका लागि परराष्ट्रसँग स्वीकृत लिन निर्देशन

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारीले विदेशी कूटनितिज्ञसँग भेटघाट गर्नका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न निर्देशन दिएको छ। 

मन्त्रालयको बुधबार बसेको सचिवस्तरिय बैठकले नेपालस्थित विदेश नियोग र नेपाल भ्रमणमा आउने अन्य विदेशी पदाधिकारीसँग भेटघाट गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत केशवराज सुवेदीले बताए। 

मन्त्रालयले बुधबारै ७७ जिल्ला समन्वय समिति र ७५३ स्थानीय तहका पदाधिकारीलाई विदेशी कूटनीतिज्ञसँग भेट्नका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न पाउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको परिपत्रअनुसार निर्देशन दिइएको उनले बताए। 

उनका अनुसार संघीयता कार्यान्वयनसँगै तीन तहका सरकारका जनप्रतिनिधिले विदेशी कूटनीतिज्ञसँग भेटघाट गर्ने सम्बन्धमा आवश्यक कानून बनाइरहेकोले त्यो कानून नबनेसम्मका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिनुपर्ने व्यवस्था गरेको हो। 

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विदेशी नियोग र विदेशी पदाधिकारीसँग भेट्नका लागि परराष्ट्र मन्त्रालयको स्वीकृत लिएर मात्र भेट्न भन्दै मन्त्रालयमा परिपत्र गरेको थियो। रासस 

प्रकाशित: १४ चैत्र २०७४ १५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App