१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राष्ट्रपतिको कामकाजमा रोक लगाउन माग गर्दै सर्वाेच्चमा रिट दायर

काठमाडौ‌ं–राष्ट्रपतिको कामकाजमा रोक लगाउन अन्तरिम आदेशको माग गर्दै बुधबार सर्वाेच्चमा रिट दायर भएको छ। सो विषयको पेशी बिहिबारलाई नै तोकिएको छ।

अवकाशप्राप्त प्रधानन्याायधीश गोपाल पराजुलीबाट राष्ट्रपति विद्यादेवी भण्डारीले लिएकोले उक्त सपथ गैरसंवैधानिक भएकोले राष्ट्रप्रमूखको काम नगर्न नगराउन समेत अन्तरिम आदेशको माग समेत रिट निवेदनमा गरिएको छ।

सर्वाेच्च अदालतका न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले रिट निवेदन स्वीकार गर्न सर्वाेच्च अदालत प्रशासनलाई आदेश दिएको भोलीपल्टै उक्त रिट निवेदन दर्ता भएको हो।

अधिवक्ताहरु हेममणि सुवेदी र नारायण खरेलद्धारा सो रिट निवेदनमा दायर भएको हो । उक्त निवेदनमा राष्ट्रपतिले लिएको सपथ गैरसंवैधानिक भएकोले अर्काे वैधानिक सपथअघि राष्ट्रपतिलाई कामकाज गर्नबाट रोक लगाउन माग गरिएको हो।

बुधबार पेश भएको निवेदन प्रशासनले दर्ता गरिसकेको छ भने सो को प्रारम्भिक पेशी भोलीलाई नै तोकिएको सर्वाेच्च अदालतका सञ्चारविद् किशोर पौडेलले बताए । तत्कालिन  प्रधानन्यायाधीश पराजुलीलाई अबकाश दिइएको जानकारी हुँदा हुँदै राष्ट्रपति जस्तो गरिमामय पदाधिकारीलाई गैर कानुनी सपथ खुवाउने कार्य गैरसंवैधानिक भएको दावी पनि  रिट निवेदनमा उल्लेख  छ ।

रिट निवेदनमा संवैधानिक परिषद्लाई आदेश दिई नयाँ प्रधानन्यायाधीशको नियुक्ति समेत तत्काल थालनी गर्न समेत रिटमा माग गरिएको छ ।  

प्रकाशित: १४ चैत्र २०७४ १३:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App