मनाइयो विश्व रङ्गमञ्च दिवस

बुधबार, १४ चैत २०७४, १३ : ०१ नागरिक

0


काठमाडौँ – परमाणु आक्रमण, युद्ध, प्रदूषणलगायतका कारणले विश्वमा मानिसको बसाइँ सराइ आदिमा मानवीय संवेदनालाई कलाकारले अभिनयमार्फत प्रस्तुत गरेका छन्। 

अर्थ बिट नामक थिएटर समूहका कलाकारले विश्व रङ्गमञ्च दिवसका अवसरमा सिरियाबाट मानिसको युरोपतर्फ हुँदै गरेको बसाइँ सराइको वियोगलाई कथा बनाएर मंगलबार साँझ नाटक मञ्चन गरिएको छ। 

मानवीय दुःख सर्वसाधारण तथा दर्शकलाई देखाउन कलाकार सेतो कपडामा बेरिएर टाउको विस्तारै बाहिर निकालेका थिए। थिएटर समूहका अध्यक्ष सलिन सुवेदीले गिगेरुगु अष्ट्रेलियाली बाजा बजाउँदै गर्दा कलाकार रेशम किरा कोकनबाट निस्केजस्तै देखिन्थे। 

साहित्यकार प्रा डा अभि सुवेदीले पाषाण युगदेखि अहिलेसम्म स्वर, व्यञ्जन हुँदै मानव सभ्यता यहाँसम्म आइपुगेको बताउँदै नाटकको पनि आफ्नै भाषा, संकेत छन् तिनलाई संरक्षण गरेर समाजलाई सकारात्मक परिवर्तन गर्न सकिने बताए। 

नाटकमा कलाकार सरोज घिमिरे, सन्दीप डंगोल र मनिषलाल श्रेष्ठको भूमिका सशक्त थियो। सन् १९६२ मार्च २७ देखि प्रत्येक वर्ष विश्व रङ्गमञ्च दिवस मनाउन थालिएको हो। 







यसमा तपाईको मत


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...