१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जापानीको क्रेडिट कार्ड डिटेल चोरेर नेपालमा सपिङ

काठमाडौँ- विदेशीको क्रेडिट कार्ड डिटेल चोरी अनलाइन सपिङ गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। क्रेडिट कार्ड चोरी गरेर सपिङ गरेको आरोपमा बागलुङ गलकोट–९ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बालाजु स्थित बागलुङ प्याराडाईज होटल एण्ड रेष्टुरेण्टमा गेष्टको रुपमा बस्ने ३२ बर्षीय तेजिन्द्र के.सी. लाई प्रहरीले पक्राउ गरेको हो।

गत जेठदेखि पटक पटक गरी हिमालयन बैंकबाट अनलाईन पेमेण्ट सुविधा लिएको न्यूरोटिक नेपाल प्रा.लि. न्यूरोड तथा जावलाखेल शाखाबाट जापानी नागरिकको नाममा जारी भएको क्रेडिट कार्डको नम्बर प्रविष्ट गरी सामसुङ, हुवावे र लेनोभो ब्राण्डका महंगा मोवाईलहरु अनलाईन खरिद गरी ठगी गरेका के.सी.लाई भाद्र १ गते सिआइवीले काठमाडौँ महानगरपालिका–१० बुद्धनगरबाट पक्राउ गरेको हो।

                के.सी.लाई जापानमा बस्ने नेपाली साथीले जापानी नागरिकको क्रेडिट कार्डको क्रेडिट नम्वर लगायतका डिटेलहरु भाइवर मार्फत पठाएका थिए। सोहि क्रेडिट डिटेलको प्रयोग गरी अनलाईन पेमेण्ट गरी विभिन्न ब्राण्डको मोबाईल खरिद गर्ने गरेको तथा उक्त खरिद गरिएको मोबाईलहरु आफूले सापट लिएका व्यक्तिहरुलाई न्यूरोटिक नेपाल प्रा.लि.न्यूरोड शाखामा लिन पठाई सापटी तिर्ने गरेको र मोबाईललाई केही मुल्य घटाई पुन बिक्री गरी ठगी गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।  

के.सी.ले जापान पठाइदिन्छु भनेर तथा विभिन्न प्रलोभनमा विभिन्न व्यक्तिहरुबाट रकम लिई ठगी गरेको भन्ने समेत बुझिएकाले निजबाट कोही ठगिएर पीडित भएको भए ब्यूरोमा सम्पर्क गर्न समेत केन्द्रीय अनुसन्धान व्यूरोले अनुरोध गरेको छ।

के.सी. उपर बैकिङ कसुर तथा सजाय ऐन बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: ६ भाद्र २०७३ ११:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App