१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रयाक्टर पल्टिएर रौतहटमा दुईको मृत्यु

रौतहट–ट्रयाक्टर पल्टिएर रौतहटमा दुईजनाको मृत्यु भएको छ। आँफैले चलाएको ट्रयाक्टर अनियन्त्रित भई पल्टिँदा गरुडा नगरपालिका–११ बसबिटी जिंगडियाका वर्ष ३२ का अब्दुल मिया र सोही ट्रयाक्टरमा लेबरको काम गर्ने विर्ताका ३५ वर्षीय शेख जलाउदीनको मृत्यु भएको हो।

आइतबार साँझ करिब साढे आठ बजे इँटाको टुक्रा लोड गरी वीरेन्द्र राजमार्गमा उत्तरबाट दक्षिण आफ्नो घरतिर फर्किरहेको अगाडिको एउटा चक्का अचानक पन्चर भएर ना४ त १६१७ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकभन्दा २० मिटर तल पल्टिएको थियो।

ट्रयाक्टरमा आइरहेका अन्य चारजना पनि सामान्य घाइते भएका छन्। घाइते सबैको गरुडास्थित हेल्थ लैण्ड अस्पतालमा प्राथमिक उपचार गरिएको छ। मृतकको शव जिल्ला अस्पताल गौरमा परीक्षण पश्चात अन्तिम संस्कारको लागि परिवारजनको जिम्मा लगाउने रौतहटका प्रहरी प्रवक्ता डिएसपि नविण कृष्ण भण्डारीले बताए।

 

प्रकाशित: ६ भाद्र २०७३ ०६:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App