१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पूर्वमा उत्साहजनक रोपाइँ

विराटनगर–पूर्वाञ्चलमा यो वर्ष ९२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ। क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार भदौ ६ गतेसम्म पूर्वाञ्चलमा ९२.२४ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । पूर्वमा धान खेती हुने कुल क्षेत्रफल ४ लाख ८१ हजार ९३ हेक्टर मध्ये हालसम्म ४ लाख ४३ हजार ७ सय ६४ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका कृषि प्रसार अधिकृत दयाराम पोखरेलले जानकारी दिए।

उनका अनुसार पूर्वाञ्चलका सोलुखुम्बु, पा“चथर र उदयपुरमा शत प्रतिशत रोपाइँ भएको छ ।सुनसरी, खोटाङ, ओखलढुङ्गा,इलाम र ताप्लेजुङमा ९८ प्रतिश क्षेत्रफमा रोपाइँभएको छ । झापामा ९७.५ प्रतिशत, संखुवासभामा ९७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । मोरङ,धनकुटा र तेह्रथुममा ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ । भोजपुरमा ९२ प्रतिशत रोपाइँ भएको छ भने पूर्वाञ्चलका जिल्ला मध्ये सबै भन्दा कम सिरहा र सप्तरीमा धान रोपिएको छ । सिरहा र सप्तरीमा यो बर्ष ८० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।
धान रोपाइँ गर्ने सिजनमा प्रयाप्त  वर्षा भएकाले  गतवर्षको तुलनामा यो वर्ष पूर्वाञ्चलमा १२ प्रतिशतले धान रोपाइ“को क्षेत्रफल बढेको छ । गत वर्ष ४ लाख १२ हजार ६ सय ८७ हेक्टर क्षेत्रफलमा रोपाइ“ भएको थियो । गत बर्षको तुलनामा यो वर्ष १२.२० प्रतिशतले धान रोपाइँको क्षेत्रफल बढेको छ । साउनको दोस्रो सातासम्म राम्रो पानी परेपनि त्यस यता कम पानी परेका कारण केही जिल्लाका खेतमा सुख्खा लागेको  निर्देशनालयले जनाएको छ ।

यतिबेलासम्म धान नबिग्रीए पनि थप १० दिन वर्षा नभए धानवालीमा असर पार्ने पोखरेलले बताए । उनले भने, ‘अझै दश पन्ध्र दिन पानी परेन भने धानमा सुख्खा लाग्छ ।’ पूर्वाञ्चलको धान उत्पादन मौसममा निर्भर रहेकाले यहिले नै धान उत्पादनको अनुमान गर्न नसकिएको उनले बताए । पोखरेलका अनुसार धान रोपाइँको क्षेत्रफल बढे पनि मौसमले साथ नदिए धान उत्पादनमा असर पार्छ ।  भदौ महिनामा राम्ररी बर्षा भए पूर्वमा गत बर्ष भन्दा धान उत्पादन बढ्ने कृषि निर्देशनालयले जनाएको छ। पूर्वका १६ जिल्ला मध्ये क्षेत्रफलका आधारमा यो बर्ष झापामा सबै भन्दा बढी ८७ हजार ७ सय ५० हेक्टर,मोरङमा ७४ हजार १ सय,सप्तरीमा ५६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । सोलुखुम्बुमा सबै भन्दा कम  १ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा धान रोपाइ“ गरिएको छ ।

 

प्रकाशित: ६ भाद्र २०७३ ०५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App