१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

यामाहाको नयाँ वर्ष योजना : दाइलाई ‘क्यास ब्याक’, भाइलाई नयाँ बाइक

ठमाडौं– जलेश्वरका रतिशकुमार झा बिहीबार अलि व्यस्त थिए। बीएसएम गरेर उनका भाइ सतिशकुमार भारतको कलकत्ताबाट फर्कंदै थियो। काठमाडौंमै बसोबास गर्ने गरी फर्किरहेका भाइका लागि एउटा मोटरसाइकल किन्ने घर सल्लाह भएको थियो। त्यसैअनुसार उनी कान्तिपथस्थित यामाहाको सोरुममा दिउँसा पुगेका थिए, भाइलाई ‘सरप्राइज गिफ्ट’ दिन। 

‘भाइ घर पुग्नुअघि नै उसको लागि हामीले मोटरसाइकल किनेर ल्याउने हाम्रो योजना थियो,’ रतिशकुमारले भने, ‘अहिलेका युवाले रुचाउने यामाहाको एफजीएस एफआई भाइका लागि किन्न म यामाहा सोरुम आएको थिएँं। तर भाइलाई सरप्राइज दिन आएको म आफैं सरप्राइज भएँ।’ यामाहाको नयाँ वर्ष योजनाअन्तर्गतको स्क्र्याचबुक कोर्दा उनले ५० प्रतिशत क्यास ब्याक पाएर उनी ‘सरप्राइज्ड’ भएका थिए। 

पहिलो स्क्र्याच कोर्दा पाँच हजार परेको थियो उनलाई। ‘मैले त पाँच हजारमै चित्त बुझाइसकेको थिएँ,’ रतिशकुमारले भने। दोस्रो, तेस्रो र चौथो स्क्र्याचमा उनलाई क्रमसः एयरफिल्टर, कप र पफ्र्युम प-यो। तर अन्तिम स्क्र्याच कोर्दा उनी खुसीले उफ्रिए। त्यसमा ‘५० प्रतिशत क्यास ब्याक’ लेखिएको थियो। 

‘केही पैसा आफ्नो, केही पैसा सापटी लिएर दुई लाख ६५ हजार रुपैयाँ पु-याएर आएको थिएँ,’ उनले भने, ‘अन्तिम स्क्र्याच कोरेपछि त मैले आधा पैसा फिर्ता पाउने भएछु।’ यामाहाका स्टाफहरु पनि उफ्रेर मलाई घेर्न आए, अनि बधाई दिए। ‘मलाई त सपना हो कि विपना हो भइरहेको थियो,’ उनले भने, ‘पैसै फिर्ता पाएपछि बल्ल विश्वास भयो र घर परिवार र बसबाट काठमाडौं फर्किरहेको भाइलाई खबर गरेँ। मेरो भाई त डब्बल खुसी भयो। बाइक गिफ्ट, त्यो पनि आधा मूल्यमा ।’

यामाहाले चैतको पहिलो दिननै आफ्ना ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो। ‘आमन्त्रण’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनेछन जसमा उनले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र १०० प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउछन। 

यो योजनामा मा अझ धेरै उपहार र फुल क्यास ब्याक भएको यामाहाका मार्केटिङ हेड प्रदिप पोखरेलले बताए। उनका अनुसार स्क्र्याच बुकमा पाँच वटा पाना हुनेछन् जसमा ग्राहकले पाँच हजारदेखि ५० हजारसम्मको ‘स्योर सट डिस्काउन्ट’, बच्चा र आफूले माया गर्नेका लागि उपहार र सर्भिस डिपार्टमेन्टको तर्फबाट उपहार र सत प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउनेछन। ग्राहकले माउन्टेन फ्लाइट, पफ्र्युम, टिसर्ट, बेबी हेल्मेट, वाटर बोटल, फ्रि सर्भिसिङ र अन्य उपहार पाउनेछन। 

यामाहाले ‘सेल्फी खिचौं न’ नामक फेसबुक कन्टेस्ट सुरु गरेको थियो जसमा ग्राहकले यामाहा सोरुममा रहेको ‘आमन्त्रण’लाई ब्याकग्राउन्डमा राखेर खिचिएको सेल्फीलाई ‘एसयामाहा’को फेसबुक पेजमा पठाउनुपर्नेछ। यो कन्टेस्टमा दैनिक विजेताले ‘सप्र्राइज गिफ्ट’ पाउनेछन। यामाहाले यामाहा स्कुटरमा ‘रिसेल प्रोमिस’को घोषणा समेत गरेको छ। यामाहाको नयाँ वर्ष योजना चैत १ बाट ३१ बैशाखसम्म चल्नेछ। 

प्रकाशित: ८ चैत्र २०७४ १६:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App