१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारमा जाने कुनै योजना छैन: उपेन्द्र यादव

राजविराज- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकारमा जाने कुनै प्रकारको योजना नरहेको स्पष्ट पारेका छन्। फोरम नेपाल, सप्तरी क्षेत्र नम्बर २ ले भारदहमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेसी, दलित, आदिवासी जनजाति सहितका उत्पीडितहरुले अधिकार नपाए सम्म फोरम नेपाल सरकारमा नजाने बताएका छन्।

                ‘फोरम नेपाल सरकारमा सहभागि हुनेवारे हाल विभिन्न प्रकारका चर्चाहरु भइरहेका छन्, यादवले भने, ‘परराष्ट्र मन्त्रालयले खालि राखिएको भन्दै हल्ला पनि हुन्छ तर ति तर्कहरुमा रत्तिभर यथार्तता छैन।’

ठूला दलहरु मधेसी लगायत मुलुकका उत्पीडितहरुलाई पटक पटक ठग्ने काम मात्रै गरेको भन्दै यादवले यस पटक ठोस र परिमाणमुलक उपलब्धी नभए सम्म आन्दोलन चलिरहने बताए। ‘हाम्रो आन्दोलन अझै पनि जारी नै छ, उनले भने, ‘प्रधानमन्त्री चयनका बेला फलाना उम्मेदवारलाई भोट हाल्दैमा हामीले एजेण्डानै त्यागि दियौँ भन्ने छैन, हामी आफ्ना मुख्य एजेण्डा सहित संघर्षमै रहेका छौ।’

                मुलुकमा सात/सात पटक संविधान बनाईपनि मधेसी उत्पीडितहरुको अनुकुल संविधान हाल सम्म पनि बन्न नसक्दा मुलुकमा राजनीतिक स्थितरता आउन नसकेको यादवको भनाई थियो।

                 

प्रकाशित: ५ भाद्र २०७३ १३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App