१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

खलंगामा सानो पल्टन जात्रा

जुम्ला– कर्णालीको सबैभन्दा लामो जात्राको तेश्रो दिन जुम्लामा सानो पल्टन तथा मिमबास्सा जात्रा निकालिएको छ। सानो पल्टन जात्राका अवसरमा थरिथरीका प्रस्तुती प्रदर्शन गरिएको छ। जात्रामा पञ्चेबाजा, स्थानीय विवाह गर्ने परम्पराका साथै भेडासँग नेताहरुलाई तुलना गरेर व्यांग्यत्मक प्रस्तुती प्रदर्शन गरिएको थियो।

पहिलो दिन गाईजात्रा, दोश्रो दिन रोपाई जात्रा मनाइएकोमा तेश्रो दिन सानो पल्टन जात्रा देखाइएको हो।  १९५३ सालमा कृष्णवीर श्रेष्ठको  पालादेखि पल्टन जात्रा मनाउन थालिएको स्थानीय जानकार चित्रलाल श्रेष्ठले बताए। पल्टन जात्रामा मिमबास्सा, पञ्जेवाजा, नारदकृषि र भोटे नाच, तीज नाच प्रर्दशन गरिएको हो। विदेशी फेसनमा फ्रान्सको नक्कल गरी मिम बास्सा निकाल्ने गरिएको किवदन्तीमा उल्लेख गरिएको छ।

फौजी ब्यारेक, साधु सन्त, खस धामी झाँक्रीलगायतका विभिन्न प्रकारका नाचहरु हास्यव्यंग्यका साथ निकालिएको थियो। सानो पल्टन जात्रा सदरमुकाममा रहेको बजार क्षेत्रवाट निकालेर  विजयनगर परिक्रममा गरी वालमन्दिरमा समापन गरिन्छ। राजनैतिक, सामाजिक, आर्थिक, सास्कृतिक क्षेत्रको विकृतिको पर्दाफास गर्दै सभ्य समाज निर्माणको लागि सन्देश प्रवाह गरिएको थियो।    

पल्टन जात्राको दिन स्थानीय पञ्जेवाजा जोगाउनका लागि पञ्चेवाजा नाच निकालिन्छ। पञ्चेवाजा दलितहरुसँगै गैरदलितहरुले पनि वजाउँछन् र बजार परिक्रममा गर्दछन्। पञ्चोजा बजाउँदै सरकारी उच्च अधिकारी, व्यापारी व्यवसायीहरुबाट रुपैया माग्ने गरिन्छन्। उनीहरुले गच्छेअनुसारको पाँच सयदेखि माथि रुपैंया दिने गरेको पाइन्छ। पल्टन जात्रामा सैनिकहरुको अध्यावधिक रहिरहोस भन्ने कामना समेत गरिन्छ।

पल्टन जात्रामा जात्रा समितिमा आवद्ध कलाकारहरुले नेपाली सेना र नेपाल प्रहरीको पोशाक लगाएर नाच्ने गर्छन्। पल्टन जात्रालाई सैन्य क्षेत्रमा रहेकाहरुलाई हौसला प्रदान गर्नको लागि मनाइने जात्राको रुपमा हेर्ने गरिन्छ। पुरुषहरुले महिलाको रुपधारण गर्ने र महिलाले भोग्नु परेको समस्यलाई दर्शाउने गरेको पाइएको छ।

हेर्नुस् तस्बिरहरू

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App