१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

चेल्सी र म्यानचेस्टर सिटी विजयी, लिभरपुल पराजित

लण्डन— इङलिस प्रिमियर लिगअन्तर्गत गएराती सम्पन्न खेलमा चेल्सी र म्यानचेस्टर सिटीले जित हात पार्द लिभरपुल भने पराजित भएको छ।

लिगमा लगातार दोस्रो जित दर्ता गराउने क्रममा चेल्सीले वार्डफोर्डलाई २—१ गोल अन्तरले पराजित ग¥यो। खेलको ५५ औं मिनेटमा गोल गर्दै  इटिनी क्याप्युले वार्डफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए। चेल्सीका मिचेबाट्सीयु खेलको ८० औं मिनेटमा गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए। खेल सकिन तीन मिनेट बाकीँ रहदाँ डिएगो कोस्टाले चेल्सीका लागि निर्णायक गोल गरेका थिए।

त्यस्तै म्यानचेस्टर सिटीले स्ट्रोकलाई  ४—१ गोल अन्तरले परिजात गरेको छ। उसको जितमा  सर्जियो अग्वेरो र नाटोलीयोले समान दुई दुई गोल गरेका थिए। स्ट्रोकका बोाजनले एक गोल फर्काएका थिए।
यता लिभरपुल भने बार्नलीसँग  २—० गोल अन्तरले पराजित भएको छ।

पहिलो खेलमा आर्सनललाई पराजित गर्दै सुखद् सुरुवात गरेको  लिभरपुलले दोस्रो खेलमा उल्लेख्य प्रर्दशन गर्न सकेन। बार्नलीको जितमा भोक्स र ग्रेले समान एक एक गोल गरेका थिए।

 

प्रकाशित: ५ भाद्र २०७३ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App