१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पोखरीमा पाठी डुबाएर लुछाचुँडी गर्ने जात्रा (भिडियो/फोटो)

काठमाडौं–ललितपुरको खोकनास्थित देवपोखरीमा शनिबार जात्रा हेर्न उल्लेख्य जात्रालु जुटेका थिए। रुद्रायणी मन्दिर र पोखरी आसपासमा मानिसहरु देवपोखरी जात्रा हेर्न व्यग्रतापूर्वक प्रतिक्षामा थिए।

जात्रा हेर्नेको भिडमा एक युवा देखा पर्छन्, जसको काँधमा सेतो–कालो मिश्रित रंगको पाठी थियो। उनी सरसर पोखरी छेउ पुग्छन् र काँधमा त्यो पाठी बोकेकै अवस्थामा पोखरीमा हाम फाल्छन्। अन्य युवाहरु पनि पोखरीमा थपिन्छन् र पाठीलाई पोखरीमा डुबाउँछन्।

देवपोखरी जात्रा विवादमा आउने गरेको छ। अमानवीय ढंगले पाठीलाई यातना दिइने गरेको भन्दै जात्राको आलोचना हुने गरेको छ। तर शनिबार पत्रकार सम्मेलन गर्दै जात्रा आयोजक समितिले यो परम्परागत जात्रा भएको र स्थानीयको संस्कृति भएकोले यसलाई विवादमा नल्याउने आग्रह गरेका थिए।

पौडीबाज युवहरुको हातबाट फुत्केर सास फेर्न पाठी अनेक प्रयत्न गर्छ। एकपटक पाठी फुत्कन्छ र पानी माथि तैरेर स्वास फेर्ने चेष्ठा गर्छ। तत्क्षण पाठीलाई फेरी पानी मुनि दबाइन्छ।
अब भने पाठीको प्राण पखेरु पानीमुनि नै विलिन हुन्छ। त्यसपछि सुरुहुन्छ पाठी खोसाखोसको क्रम। १५–२० जना युवाहरु भिन्नभिन्न समूहमा बाँडिएर मरिसकेको पाठीलाई लुछाचुँड गरेर आफ्नो कब्जामा लिन प्रयत्न गर्छन्।

हरेक बर्ष मनाईने यो देवपोखरी जात्रा विवादमा आउने गरेको छ। अमानवीय ढंगले पाठीलाई यातना दिइने गरेको भन्दै जात्राको आलोचना हुने गरेको छ। तर शनिबार पत्रकार सम्मेलन गर्दै जात्रा आयोजक समितिले यो परम्परागत जात्रा भएको र स्थानीयको संस्कृति भएकोले यसलाई विवादमा नल्याउने आग्रह गरेका थिए।

हेरौं जात्राको भिडियोः

फोटो/भिडियोः प्रबिन कोइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App