१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

थ्री स्टार तिलोत्तमा गोल्डकपको फाइनलमा

बुटवल– रुस्लान थ्रि स्टार क्लब बुटवलमा जारी तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा बिहीबार भएको सेमिफाइनलमा मनाङलाई १ का बिरुद्ध २ गोल गर्दै थ्री स्टारले उपाधिको दावेदारी प्रस्तुत गरको हो। 

खेलको २३ औं मिनेटमा मनाङ मर्याङ्गदीका बिदेशी खेलाडी फ्लोरेनले गोल गरेर खाता खोलेलगत्तै त्यसको जवाफमा करिब डेढ मिनेटको अन्तरमै थ्रि स्टारका बुद्ध चेम्जोङले गोल गरी बराबरीमा पुर्याएका थिए। मनाङका खेलाडीले पहिलो गोलको खुसी साटन नपाउँदै थ्रि स्टारका चेम्जोङ्गले एक्लै बललाइ छलाउदै लगेर सुन्दर गोल गरेका थिए। उनी खेलका म्यान अफ द म्याच पनि भए। खेलको ३९ औं मिनेटमा थ्रि स्टारका निराजन खड्काले अर्को गोल गरी टिमलाइ अग्रता दिलाए।  खड्काको सोही गोल नै निर्णायक बन्यो। थ्रि स्टारका बिमल घर्ती दोश्रो हाफपछि घरेलु मैदान पसेका थिए। 

पहिलो हाफमा दुबै टिम आक्रामक खेलेपनि दोस्रो हाफमा भने थ्रि स्टार रक्षात्मक खेल्यो। सुरुदेखि आक्रमक खेलेपनि मनाङ्गले धेरै वटा अवसर गुमाउँदा उपाधिको दावेदारी प्रस्तुत गर्न सकेन। मनाङ्गका खेलाडीहरुले, १०, १९, ५१, ५४, ७२ औं मिनेटमा राम्रा अबसरहरु गुमाएका थिए। थ्री स्टारले पनि ५, ३२, ५० र ७१ औं मिनेटमा गोलका राम्रा अबसर गुमायो। खेलमा थ्री स्टारका बुद्ध चेमजोङ्ग म्यान अफ द म्याच घोषित भई ११ हजार १११ पुरस्कार पाए। थ्री स्टारले अब उपाधिका लागि नेपाल पुलिसको सामना गर्ने छ। पुलिस साविकको बिजेता आयोजक रुपन्देही ११ लाई पाखा लगाउँदै फाइनलमा पुगेको हो। २० औं तिलोत्तमा गोल्डकपको उपाधिका लागि चैत ३ गते शनिबार नेपाल पुलिस क्लब र थ्री स्टारका बीच खेल हुने एन्फा रुपन्देहीका सचिव लोक पुनले बताए। 

 

प्रकाशित: १ चैत्र २०७४ १५:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App