१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आज डा. केसीको धर्ना

काठमाडौं- सरकारले सम्झौता कार्यान्वयनमा गम्भीरता नदेखाएको भन्दै डा. गोविन्द केसी र उनका समर्थक शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि धर्ना बस्ने भएका छन्। सोलिडारिटी फर डा. केसी अलायन्सले सम्झौता कार्यान्वयनमा प्रधानमन्त्रीलाई दबाब दिन शनिबार ११ बजे बालुवाटारमा धर्ना बस्ने कार्यक्रम तय गरेको हो। धर्नामा डा. केसी र अलायन्समा सहभागी डा. केसीका समर्थकसहित लेखक खगेन्द्र संग्रौला, प्रा. चैतन्य मिश्र र कपिल श्रेष्ठ, चित्रकार किरण मानन्धर, युवा लेखक बुद्धिसागर, प्रत्युष वन्तलगायतको सहभागिता रहने आयोजकले जनाएका छन्।

सरकारले पटक–पटक सम्झौता गर्ने तर कार्यान्वयनमा अटेरी गरेकाले सडकबाट संघर्ष सुरु गर्न लागिएको केसीले बताए। उनले साउन २९ गते प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरी हालसम्म सरकारसँग भएका आफ्ना सम्झौता र संसद्मा दर्ता भएको चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने माग समेटिएको छबुँदे ज्ञापनपत्र बुझाएका थिए। आठौं अनशनक्रममा डाक्टर केसीसँग सरकारले चारबुँदे सम्झौता गरेको थियो।

प्रकाशित: ४ भाद्र २०७३ ०१:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App