१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्पको टोकाईले बालिकाको ज्यान गयो

कोहलपुर-विषालु सर्पको टोकाईबाट शुक्रबार विहान गनापुरमा एक बालिकाको मृत्यु भएको छ। गनापुर–६ स्थित बालाजी कत्था उद्योगमा बस्दै आएकी तीन बर्षीय बालिका ज्योति भण्डारीको मृत्यु भएको हो।

शुक्रबार बिहान तीन बजे कोठामा सर्पले उनलाई टोकेको थियो । सर्पको टोकाईबाट विहान ६ बजे बालिकाको भेरीअञ्चल अस्पताल नेपालगन्जमा मृत्यु भएको हो।  सर्पको टोकाईबाट बालिकाकी आमा मालती भण्डारी घाईते छिन्। उनको उपचार भेरीअञ्चल अस्पतालमा भैईरहेको छ । उद्योगको मजदुरीको होस्टेलमा बस्दै आएका ज्योति र मालतीलाई सुतिरहेको अवस्थामा विषालु सर्पले बिछौनामा टोकेको थियो। ज्योतिका बुवा जगदेव बालजी उद्योगमा मजदुरी गर्दै आएका छन्।

करेत सर्पले टोकेको स्थान पत्ता लगाउन नसक्दा छोरीको मृत्यु भएको जगदेवले बताए। उनको एक मात्र छोरी थिईन् । पत्निको हातमा टोकेको घाउ पत्ता लागेपछि उपचार भैईरहेको उनले बताए।  

 

प्रकाशित: ३ भाद्र २०७३ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App