कतारमा दुई सातादेखि एक युवक सम्पर्कविहिन

बुधबार, २३ फागुन २०७४, १६ : ०६ किसान संगीत नेपाली

लमजुङ – मध्यनेपाल नगरपालिका ६ भोर्लेटारबाट रोजगारीका क्रममा कतारमा रहेका एकयुवा १२ दिनदेखि सम्पर्क विहीन रहेका छन्।

भोर्लेटारको पाखुरीचोकका राधिका घिमिरेका छोरा ३५ वर्षीया श्रीकृष्ण घिमिरे गत फेबुअरी २४ अर्थात् फागुन १२ गतेदेखि कतारको सनैया सहरबाट सम्पर्क विहीन भएका हुन्।

कतारस्थित नेभी(मिलाह लजिष्टिक)मा हेल्परमा कार्यरत् घिमिरे बस्दै आएको क्याम्पबाट मोवाईल, वालेट, परिचयपत्र समेत कोठामै छाडेर हिडेकोमा आफन्तजन, साथीसंगी, कम्पनीका कर्मचारी कसैको सम्पर्कमा पनि नआएको लमजुङ सेवा समाज कतारका पदाधिकारीले जनाएका छन्। घिमिरेको खोजीका लागि सामाजिक सञ्जालमा समेत सूचना जारी गर्नुका साथै एकापसमा सल्लाह गर्दै संभावित स्थान र व्यक्तिसँग सम्पर्क गरेको तर कसैले फेला पार्न नसकेको सेवा समाजका अध्यक्ष विष्णुलाल श्रेष्ठले बताए। एकाएक सम्पर्कविहिन बन्नुको कारण बुझ्न नसकिएको पनि उनले फेसबुक म्यासेञ्जरमा जनाए। कतारमा सञ्जय रेग्मी, शिवभक्त पौडेल, शिव रसाईली र उत्तम रेग्मी लगायतका नेपाली युवाहरु सुरुदेखि नै घिमिरेको खोजीकार्यमा लागेको कतारबाट जनाईएको छ।

उनी नेपालस्थित घरपरिवारको सम्पर्कमा पनि नआएको मध्यनेपाल नगरपालिका ६ का वडाध्यक्ष विष्णुभक्त पौडेलले बताए। एकाएक सम्पर्क विहीन भएपछि घरमा वृद्धावस्थाकी आमा र श्रीमति निकै चिन्तित बनेको समेत उनी बताउँछन्। घिमिरेको घरमा आमा, श्रीमती र १० वर्षीय एक छोरा रहेको बताईएको छ।

कतारबाट १२ दिनदेखि सम्पर्क विहीन रहेको भोर्लेटारका युवा श्रीकृष्ण घिमिरेको खोजीका लागि लमजुङ सेवा समाज कतारका अध्यक्ष विष्णुलाल श्रेष्ठले फेसबुकमा गरेको पोष्ट ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad