१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कान्तिपुरविरुद्धको मुद्दा पूर्ण इजलासमा

काठमाडौं– कान्तिपुर दैनिकविरुद्धकोअदालतको अवहेलना मुद्दा पूर्ण (तीन वा दुईभन्दा बढी न्यायाधीश) वा बृहत् पूर्ण (५ वा दुईभन्दा बढी न्यायाधीश) इजलासमा सुनुवाइ हुने भएको छ। 

अवहेलना मुद्दामा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको संयुक्त इजलासमा तीन दिनसम्मविपक्षी कान्तिपुरका तर्फबाट बयान लिइएको थियो । बयान सकिएपछि संवैधानिक व्याख्याको विषय भएको भन्दैयो मुद्दालाई पूर्ण वा बृहत् पूर्ण इजलासमा पठाउन मंगलबार आदेश भएको हो । मुद्दा पूर्ण इजलासमा गएतीन वा तीनभन्दा बढी न्यायाधीश र बृहत् पूर्ण इजलासमा गएपाँच वा पाँचभन्दा बढी न्यायाधीशले निर्णय लिनेछन् । इजलास तोक्ने काम प्रधानन्यायाधीशबाट हुन्छ।

बयानका क्रममा विपक्षीहरूले अदालतको प्रतिष्ठामा आँच आउने काम नगरेको बताएको सर्वोच्चले जारी गरेको आदेशमा उल्लेख छ । ‘अदालतको अहवेलनासम्बन्धी विधिशास्त्रीय सिद्धान्त र यसको मान्यतालाई बृहत् व्याख्या हुनुपर्ने देखियो,’ आदेशमा भनिएको छ, ‘विषयको गम्भीरतालाई ध्यान दिई उक्त मुद्दाको सुनुवाइ पूर्ण वा बृहत् पूर्ण इजलासबाट हुनुपर्ने देखिन्छ।’

आइतबार कान्तिपुर दैनिकका निर्देशक स्वस्तिका सिरोहियाको बयान लिइएको थियो । मंगलबार कान्तिपुर मिडिया गुप्रका अध्यक्ष कैलाश सिरोहिया, प्रधान सम्पादक सुधीर शर्मा, संवाददाता कृष्ण ज्ञवालीको बयान लिइएको थियो। 

प्रधानन्यायधीश गोपाल पराजुलीका शैक्षिक तथा नागरिकता प्रमाणपत्रको विषयलाई लिएर कान्तिपुरमा प्रकाशित समाचारबाट अदालतको अवहेलना भएको भन्दै फागुन १३ मा अधिवक्ता तोयानाथ ढुंगानाले निवेदन दर्ता गरेका थिए । 
यसअघि प्रधानन्यायाधीश पराजुलीको एकल इजलासले जनमानसमा भ्रम पैदा गर्ने समाचार प्रकाशन हुन नदिनु भन्दै प्रेस काउन्सिलका नाममा समेत आदेश जारी गरेको थियो ।

प्रकाशित: २३ फाल्गुन २०७४ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App