१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता आज

काठमाडौँ – फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि बुधबार मनोनयन दर्ताको समय तोकिएको छ।

बुधबार विहान १० बजेदेखि दिउँसो २ बजेसम्मका लागि उम्मेद्वारी दर्ताको समय निर्धारण गरिएको हो। 

राष्ट्रपतिमा एमालेले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उठाउने निर्णय गरेको छ भने प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले लक्ष्मी राईलाई अघि सार्ने तयारी गरेको छ। 

राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका गरी ८८० मतदाता रहेका छन्। विहीबार साँझ ६ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित: २३ फाल्गुन २०७४ ०२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App