१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोकका विजेता छानिए

काठमाडौं– कोकाकोला नेपालले ‘कोक खाम् रसिया जाम्’ क्याम्पेनको पहिलो पाँचजना विजेताको नाम घोषणा गरेको छ।
विजेतामा सिनामंगलका शुसिलकुमार शाह, छाउनीका अनिश ठकुरी, बौद्धका ग्याम्सो लामा, कपनका नरेश बिष्ट र स्वयम्भुकी आकृति थकाली रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यस योजना अन्तर्गत ४० जना उपभोक्ताले रसिया पुगेर सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन् । त्यसको लागि हरेक हप्ता चारजनाको नाम लक्की ड्रमार्फत छनोट हुने कम्पनीले जनाएको छ।
यस्तै, दुईजना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्ने छन् । हरेक दिन दुई सयजनाले फिफाको लोगो अंकित विशेष उपहार जित्ने कम्पनीले जनाएको छ।त्यसैगरी, २४ इन्च टेलिभिजन विजेतामा भक्तपुरका विज्ञान अधिकारी र नवलपरासीका नारायण चालिसे रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २३ फाल्गुन २०७४ ०१:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App