१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निर्धन उत्थान बैंकको ब्यवसायिक बाख्रापालन तालिम

काठमाडौं – निर्धन उत्थान बैंक लिमिटेडले ग्राहक सदस्यहरुको सहभागितामा दाङको सिसहनियाँमा ग्राहक सदस्यहरुको लागि उन्नत बाख्रापालन तालिम सञ्चालन गरेको छ।

उक्त तालिममा दाङ जिल्लाको सिसहनियाँ र गढवा शाखाहरुका २१ जना ग्राहक सदस्यहरु सहभागितामा उन्नत बाख्रापालन तालिम सञ्चालन गरेको बैंकका कोहलपुर क्षेत्रीय कार्यालयका प्रमुख शम्भु न्यौपानेले जानकारी गराए । यस तालिममा प्रशिक्षकहरु मगंलप्रसाद चौधरी र कृष्ण विष्ट रहेका छन्।

क्षेत्रीय प्रमुख न्यौपानेले बैंकले प्रदान गर्ने सेवाहरुको बारेमा जानकारी गराउनुका साथै एक परिवारमा एक जना उद्यमी बनाउन बैंकले पहल गरी रहेको बताए । बैंकले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत जानकारी उनले दिए

प्रकाशित: २३ फाल्गुन २०७४ ०१:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App