१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जंगलको आगो गाउँ पस्दा ६ घर जले

तेह्रथुम – लालीगुराँस नगरपालिका वडानम्बर ८ सोल्माको कालिमाटीमा जंगलमा सल्केको आगो बस्तीमा पस्दा ६ घर जलेर नस्ट भएको छ। स्थानीय हात्तिआहाल सामुदायिक बनमा लागेको आगो बस्तीमा पस्दा ६ घरर जलेर नस्ट  भएको हो।

आगलागीबाट स्थानीय लोकनाथ न्योपाने, लक्ष्मी अधिकारी, नेत्र प्रसाद अधिकारी, एकराज तिम्सीना, गुरु प्रसाद अधिकारी र गोबिन्द अधिकारीको घर जलेर नस्ट भएकोछ। आगो करिब ५ घण्टापछि नियन्त्रणमा आए पनि क्षतिको बिबरण आई नसकेको वडा सदस्य किरण लुईटेलले जानकारी दिए। उनका अनुसार आगलागीबाट बस्दै आएका लोकनाथ न्योपाने, लक्ष्मी प्रशाद अधिकारी र नेत्र प्रशाद अधिकारीको लत्ताकपडा र नगद समेत जलेको छ। 

आगलागी पीडितहरु छिमेकीकोमा आश्रय लिएर बसेका छन्। अन्य तीन घर धनीहरु भने यसअघि नै अन्यत्र बसाई सरिसकेका छन्। बसाई सरेका मध्ये एकराज तिम्सीना (बिराटनर), गुरु प्रशाद अधिकारी (ईटहरी) र गोबिन्द अधिकारी (म्याङलुङबजार)मा बस्दै आएका छन्। जंगलमा सल्केको आगो बस्तीमा पसेपछि नियन्त्रण गर्न स्थानीय र सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो।

प्रकाशित: २२ फाल्गुन २०७४ १४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App