१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

८ महिनामा २९ पर्यटक भित्रिए

बाजुरा – खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटक न्यून मात्रामा भित्रिएको पाइएको छ। चालु आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए। निकुञ्जमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी आउने गरेका छन्।

खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकन तथा भ्रमणमा आउने गरेका निकुञ्जले जनाएको छ। निकुञ्जको भ्रमण गर्न आउने पर्यटकबाट चालु आर्थिक वर्षको ७ महिनामा २ लाखभन्दा बढी राजश्व संकलन भएको छ। आन्तरिक पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। बाह्य पर्यटकबाट प्रतिव्यक्ति ३ हजार ३९० का दरले भ्रमण शुल्क लिने गरिएको छ।

खप्तड निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै जनावरसमेत हेर्न सकिन्छ। यहाँ त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिन सकिन्छ।  निकुञ्जको संरक्षणका लागि चारवटा ठाउँमा इलाका कार्यालय रहेको छ।

खप्तड क्षेत्रमा जेठमा दशहरा मेला तथा जनैपूर्णिमाका दिन भव्य जात्रा लाग्छ। जात्रा हेर्नका लागि पर्यटकको घुइँचो लाग्छ।

चोरी शिकारी रोकिएन
खप्तड राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी शिकारी तथा काठ तस्करी रोकिएको छैन। चोरी निकासीलाई न्यून गर्न खप्तडमा नेपाली सेनाले गस्ती गर्ने गरेको भए पनि वन्यजन्तु र काठ चोरी नरोकिएको सहायक संरक्षण अधिकृत शाहीले बताए।

चारवटा क्षेत्रमा इलाका कार्यालयमार्फत चोरी निकासी रोकथामको प्रयास गरिँदै आएको छ। निकुञ्जमा सिसी क्यामरासमेत जडान गरिएको छ। निकुञ्जभित्र रहेका जनावरको अवस्था र उनीहरुको अध्ययन तथा अवलोकन गर्नका लागि सिसी क्यामरा निकै सहयोगी बनेको छ।

निकुञ्जभित्र रहेका बाघ, चितुवा, मृग, घोरललगायत जनावरको चोरी शिकारी तथा उक्त क्षेत्रमा रहेका काठ तस्करी रोकथामका लागि २४ वटा सिसी क्यामरा जडान गरिएको छ।  (रासस)

प्रकाशित: २२ फाल्गुन २०७४ ०८:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App