१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घडेरी खार्दा ढिस्कोले पुरिएर महिलाको मृत्यु

चितवन – चितवनको विकट क्षेत्र लोथरको वान्द्राङमा घर बनाउन घडेरी खार्दै गर्दा माटोको ढिस्कोले पुरिएर १ महिलाको मृत्यु भएको छ।

राप्ती नगरपालिका–१३ मा पर्ने वान्द्राङका झमकलाल प्रजाकी श्रीमती ५२ वर्षीया निरमायाँ प्रजा (चेपाङ) को ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ।

सोमबार साँझ ५ः३५ बजे घटना भए पनि प्रहरीलाई भने राति करिब ९ः३० बजेतिर मात्रै खबर आएको जनाइएको छ। एक्कासि ढिस्कोले पुरेपछि स्थानीयले ढिस्को पन्छाएर निकालेको केही समयमै उनको मृत्यु भएको स्थानीय शिक्षक बालकृष्ण थपलियाले जानकारी दिए। सो गाउँ पूर्वपश्चिम राजमार्गको भण्डाराबाट करिब ३५ किलोमिटर विकट पहाडी क्षेत्रमा पर्छ।

भूकम्पपीडितका लागि आएको रकमबाट घर बनाउन घडेरी खार्ने क्रममा माथिबाट ढिस्को खसेर उनलाई पुरेको थियो। घटनाको मुचुल्का उठाउन आज बिहान प्रहरी टोली घटनास्थल गएको जनाइएको छ।  (रासस)

प्रकाशित: २२ फाल्गुन २०७४ ०५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App