१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गाउँपालिकाको आफ्नै पुस्तकालय

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकाले पुस्तकालय सञ्चालनमा ल्याएको छ। पठन संस्कृतिको विकासका लागि गाउँपालिकाले ५ लाखको खर्चमा पुस्तकालय सञ्चालनमा ल्याएको हो । पुस्तक अध्ययन गर्ने बानीको विकास गर्दै गाउँमा सचेतना अभिवृद्धिका लागि पुस्तकालय स्थापना गरिएको खोटेहाङ गाउँपालिकाका प्रमुख प्रदीप राईले बताए।

करिव दुई हजार पुस्तका खरिद गरेर सुरु गरिएको पुस्तकालय प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र प्रदेशसभाका सदस्य रामकुमार राईले उद्घाटन गरेका हुन्। ‘चाहेको पुस्तक अध्ययन गर्ने व्यवस्था मिलाएर व्याक्तिको बौद्धिक क्षमताको स्तर बढाउन र क्षमताको दायरालाई अझ फराकिलो बनाउनका लागि गाउँपालिकामा पुस्तकालय स्थापना गरिएको हो,’ गाउँपालिका प्रमुख राईले भने, ‘बेफुर्सदी बनेर समय खेर फाल्ने युवालाई समेत ‘इंगेज’ गराउन पुस्तकालय सहयोगी बनेको छ।’ 

पुस्तकालयमा कृषि, शिक्षा, स्वास्थ्य, इतिहास, आत्मवृतान्त, बालबालिका, दर्शन, साहित्य, विज्ञान, कला लगायतका विद्याका पुस्तकहरू पढ्ने व्यवस्था मिलाइएको छ। गाउँपालिकाले पुस्तकालय स्थापनाका लागि गाउँसभाबाट बजेट विनियोजन गरेको थियो। पुस्तकालयसँगै गाउँपालिकाको सिसि क्यामेरा जडित आधुनिक र सुविधा सम्पन्न सभाहल पनि उद्घाटन गरिएको छ। 

प्रकाशित: २१ फाल्गुन २०७४ ०७:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App