१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सातजनाको हत्या अभियोग लागेका सकिललाई नेपाल ल्याइयो

काठमाडौँ (रासस)- सातजनाको हत्या गरेको आरोप लागेका मोहम्मद सकिल हुसेनलाई आज कतारबाट नेपाल ल्याइएको छ।
सकिल हुसेनलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगटन (इन्टरपोल) को सचिवालयले विसं २०७२ असार ७ गते ‘रेडकर्नर नोटिस’ जारी गरेको थियो।
इन्टरपोलको समन्वयमा कतार प्रहरीले केही दिनअघि पक्राउ गरेकोमा इन्टरपोल कतारबाट खटिआएका प्रहरी अधिकृतले आज हुसेनलाई नेपाल ल्याएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सप्तरीका इद्रिस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन, सहबुद मिया, सगिरा खातुन, दुलारी देवी साह र निर्मला देवी साहसमेत सातजनाको हत्या गरी फरार रहेको अभियोगमा हुसेनविरुद्ध सप्तरी जिल्ला अदालतमा सर्वस्वसहित जन्मकैद सजाय माग दाबी गरिएकोमा उनी फरार भएर वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए।
पक्राउ परेका हुसेनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।
 

 

प्रकाशित: २० फाल्गुन २०७४ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App