१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महेन्द्र रायले सपथ नगराउने

काठमाडौं- नागरिकता अनुसार संसदका जेष्ठ सदस्य महेन्द्र यादव आजको सपथ ग्रहण कार्यक्रममा नजाने भएका छन्। नागरिकता अनुसार संसदको जेष्ठ सदस्य आफु भए पनि बास्तविकता त्यस्तो नभएको भन्दै उनी सपथमा अनुपस्थित हुने बताए। ‘संसदको गरिमा बढाउनको लागि इमान्दारिता पूर्वक आजको सपथमा उपस्थित हुँदिन’, उनले भने, ‘मेरो भोली छुट्टै सपथ हुने छ।’

रायको अनुपस्थितिमा संसदका जेष्ठ सदस्य महन्थ ठाकुरले प्रतिनिधि सभा सदस्यहरुलाई सपथ गराउने छ। राष्ट्रपति विद्या भण्डारीबाट सपथ लिएपछि ठाकुरले प्रतिनिधि सभा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम छ।
‘सांसदहरुलाई सत्य र निष्ठाको शपथ गराउनु पर्छ। उहाँहरुले इश्वरका नाममा सपथ लिनुहुन्छ,’ उनले भने, ‘जन्म मिति फरक परेकाले म त्यसो नगर्ने पक्षमा पुँगे।’

नागरिकता अनुसार यादवको उमेर ८० वर्ष देखिएको थियो।  प्रतिनिधिसभा सदस्यलाई ठाकुर र  राष्ट्रियसभाका सदस्यलाई तारादेवी भट्टले पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ।

प्रकाशित: २० फाल्गुन २०७४ ०७:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App