१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘कर्मचारी अभावले काम सुस्त’

नुवाकोट – प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले मुलुकको नमुना बनाउन प्रदेश ३ सक्षम र सवल रहेको बताएका छन् । जिल्ला समन्वय समिति नुवाकोटले आयोजना गरेको स्वागत कार्यक्रममा पौडेलले काम गर्ने क्षमता, बुद्धि र ऊर्जा भएकाले स्थानीय तहका नेतृत्वदेखि प्रदेश सरकार एकजुट भएर प्रदेशलाई आफ्नो कार्यकालमा नमुना प्रदेशमा रूपान्तरण गरेरै छाड्ने बताए। भ्रष्टाचार अन्त्य नगरी आफ्नो जित र पदको औचित्य नहुने भन्दै पौडेलले शुसासन कायम गर्नु नै पहिलो प्राथमिकता रहेको धारणा व्यक्त गरे। 

‘देश संघीयतामा गएसँगै समस्याको ओइरो लागेको छ र साथै समाधानका बाटो पनि बनेका छन् । संविधानले दिएको अधिकार अनुसार तीव्र गतिमा चलेर सबै नागरिकलाई सिंहदरबार गाउँमा आएको महसुस गराउन लागेका छौँ,’ उनले भने, ‘त्यसका लागि वडा, गाउँ हुँदै नगरदेखि प्रदेश सरकारमा रहेका सबै मन्त्रीहरू गन्तव्यको बिन्दु एक ठानेर अघि बढ्नु आवश्यक छ।’

देश संघीयतामा गएसँगै समस्याको ओइरो लागेको छ र साथै समाधानका बाटो पनि बनेका छन् । संविधानले दिएको अधिकार अनुसार तीव्र गतिमा चलेर सबै नागरिकलाई सिंहदरबार गाउँमा आएको महसुस गराउन लागेका छौँ ।

स्थानीय तहले नयाँ नेतृत्व पाएको लामो समय भइसक्दा पनि आवश्यक कर्मचारीको पदपूर्ति हुन नसक्दा काममा ढिलासुस्ती हुँदै गएको भन्दै मुख्यमन्त्री पौडेलले चिन्ता व्यक्त गरे । ‘केन्द्रले स्थानीय तहमा कर्मचारी नियुक्त गर्न ढिलासुस्ती गरेकै कारण महत्वपूर्ण काम रोकिएका छन् । बारम्बार केन्द्रलाई झक्झकाए पनि सफल हुन सकेको छैन,’ उनले भने, ‘अहिलेसम्ममा प्रदेश सरकारमा २० प्रतिशत मात्र कर्मचारी केन्द्रले पाठाएको छैन। ८० प्रतिशत कर्मचारी अभावमा सरकार चल्छ कसरी ? विधेयक बन्छ कसरी ? कर्मचारीको काम गर्छ कसले ?’

जनतालाई खुसी पार्ने नाममा वितरणमुखी बजेटलाई रोकेर परिणाममुखी बनाउनु पर्ने बेला आएको पौडेलको भनाइ छ। निश्चित समय राखेर योजना पूरा गर्नतर्फ लाग्ने हो भने बजेटको सदुपयोग हुने र दिगो विकाससमेत हुने उनले बताए। 

यस्तै प्रदेश ३ का भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले प्रदेशलार्इ समृद्ध बनाउन बृहत्त योजना बनाएर देखिनेगरी काम गर्नुपर्ने बताए। जुन आयोजना सम्पन्न गर्न पनि ठेकेदार हावी भएकोले तोकिएको समयमा काम नगर्ने ठेकेदारको लाइसेन्स खोसेरै छाड्ने भन्दै यसले उनीहरू पनि जिम्मेवार भएर काम गर्ने उनले विश्वास व्यक्त गरे। 

कार्यक्रममा प्रदेशसभा सदस्यहरू बद्री मैनाली, केशव पाण्डे, आसामाया लामा, जिल्ला समन्वय समितिका प्रमुख शन्तमान तामाङ, स्थानीय तहका प्रमुखले बर्तमान अवस्थाको कामकारबाही र भावी योजनाबारे जानकारी गराएका थिए।

प्रकाशित: २० फाल्गुन २०७४ ०३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App