१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हुम्लाको ताजाकोटमा आगलागी, करोडाैंको क्षती

हुम्ला – हुम्लाको सदरमुकाम सिमीकोट देखि ५४ कोष टाढा पर्ने ताजाकोट गाउँपलिका वडा नम्बर १ जिमाना घटमाना गाउँको पशुबस्तु राख्ने खर्क (गोठ) मा आगलागी हुँदा ३० घर (खर्क) र  ठुलो संख्यामा पशु चौपाया सहित करोडौको धनमाल जलेर नष्ट भएको छ।

पशु राख्ने खर्कमा शुक्रबार रातीबाट सुरू भएको आगलागीबाट ठुलो क्षती भएको हो।

आगलागीबाट १५० बाख्रा, ६ वटा गाईगोरू जलेको र गोठाला मानसिक रिजाल सामान्य घाईते भएका छन। स्थानिय बासी र नेपाल प्रहरीको सहयोगमा अहिले आगो नियन्त्रणमा आएको छ। घटनास्थलको अबस्था सामान्य रहेको र क्षतीको बिस्तृत जानकारी आइनसकेकोे प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।
 

प्रकाशित: १९ फाल्गुन २०७४ ०६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App