१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

तेस्रो झापा गोल्डकप आजदेखि सुरू हुँदै

झापा – मोफसलकै सर्वाधिक पुरस्कार राशिकोे झापा गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण शनिबार (आज) देखि सुरू हुँदैछ ।
खेल विर्तामोडको डोमालाल राजबंशी रंगशालामा दिउँसो ३ बजे बाट सुरू हुँनेछ। उद्घाटन खेलमा झापा ११ र सुदूरपश्चिम ११ बीच प्रतिस्पर्धा हुँदैछ।

प्रतियोगितामा १० टोली आयोजक झापा ११, रुपन्देही, मनाङ–मस्र्याङ्दी, थ्री स्टार, हिमालयन शेर्पा, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ, सुदूरपश्चिम र भारतको सिक्किम युनाइटेडको सहभागिता रहेको छ।

फागुन २८ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख ५१ हजार तथा उप विजेताले ६ लाख प्राप्त गर्नेछ। त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले २५ हजार रूपैयाँ पाउने आयोजकले जानकारी दिएको छ।

गतवर्ष सम्पन्न दोस्रो संस्करणको उपाधि आयोजक झापा ११ लाई १–० ले पराजित गर्दै मनाङ मस्र्याङ्दीले जितेको थियो।

प्रकाशित: १९ फाल्गुन २०७४ ०४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App