डिजाइन नपाएपछि रानीपाेखरीकाे काम अघि बढेन

शुक्रबार, १८ फागुन २०७४, १६ : १५ नागरिक

काठमाडौं – रानीपोखरी पुनःनिर्माणका लागि पुरातत्व विभागले डिजाइन नपठाउँदा काम पुनः सञ्चालन हुन सकेको छैन। काठमाडौं महानगरपालिकाको कार्यकारी अघिकृत अनिराम शर्माले हालसम्म विभागले डिजाइन नपठाएको हुँदा काम अघि बढ्न नसकेको बताए।

उनले भने,“यसअघि गरेको सम्झौता अनुसार बालगोपालेश्वर मन्दिर विभाग र पोखरीको अन्य स्थान कामपाले निर्माण गर्ने भने पनि पछिल्लो समय सबै डिजाइन विभागले नै पठाउने निर्णय अनुसार, डिजाइन नहुँदा काम अघि बढ्न नसकेको हो।”

उता पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले मन्दिर पहिलेकै डिजाइनअनुसार काम हुन्छ, अन्य पर्खाल र पोखरीको डिजाइनबारे छलफल भइरहेको जानकारी दिए।

विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण क्षति पुगेको रानीपोखरी पुनःनिर्माणको सम्बन्धमा लामो समय आन्तरिक विवाद भएपछि गत पुस १३ गते पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा विज्ञ समूह गठन गरिएको थियो।

उक्त समूहले गत माघ ७ गते प्रतिवेदन बुझाइसकेको छ। गत पुस ९ गतेदेखि काम अवरुद्ध भएको छ। विज्ञ समूहले भने बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूट शैलीको थियो। यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुँगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्दछ।

उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रष्ट हुन्छ। त्यसैले पुरानै शैलीमा मन्दिरको निर्माण गर्नुपर्ने विज्ञले सुझाव दिएका छन्। (रासस)








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad