१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रिपर दुर्घटनामा एकको मृत्यु

चितवन – राप्ती नगरपालिका– १ परेवाकोटमा शुक्रबार ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

ना ७ ख २९८४ नम्बरको टिपर भीरबाट खस्दा मकवानपुर मनहरीका २१ वर्षीय सुनिल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

घाइतेको भरतपुरस्थित अलाइभ अस्पतालमा उपचार भइरहेको छ। ग्राभेल झारेर फर्कने क्रममा ट्रिपर सडकबाट करिब ७० मिटर तल खसेको थियो। (रासस)

प्रकाशित: १८ फाल्गुन २०७४ ०९:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App