१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारको सम्पूर्ण प्रयास समृद्धिका लागि : ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताप्रति उत्तरदायी रहेको बताएका छन्।
शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण प्रयास देशको विकास र समृद्धिका लागि हुने बताए। ‘सरकारका हरेक कदम सुधारका लागि, विकासका लागि र जनताका हितका लागि हुनेछन्’, प्रधानमन्त्री ओलीले भने।

सरकारले कागजी रुपमा मात्र समृद्धिको कुरा गर्ने नभई जनताले अनुभूत गर्नेगरी नै समृद्धिका काम गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो। ‘हामीले समृद्धि प्राप्त ग¥यौँ भनेर मात्र हुँदैन।’  प्रधानमन्त्री ओलीले भने ‘जनताको जीवन स्तरबाट यस कुराको पुष्टि हुनुपर्छ।’ ओलीले कोही पनि नेपाली भोकै मर्न पर्ने अवस्थाको अब अन्त्य हुने भन्दै केही बर्षभित्र नेपाल अल्पविकशित देशको सुचीबाट विकसित देशमा पुग्ने दाबी गरे।

प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारमा शुन्य सहनशिलता अपनाउने बताउदै हरेक तहका व्यक्तिले आफुभन्दा तल्लो तहका व्यक्तिको नजरमा गीर्ने काम नगरेमा भ्रष्टाचार स्वत अन्त्य हुने धारण ब्यक्त गरेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

प्रकाशित: १८ फाल्गुन २०७४ ०८:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App