१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपति र उपराष्ट्रपति दोहोरिने संकेत

सुर्खेत- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति र उपराष्ट्रपतिमा हालकै अनुहार दोहोरिने संकेत गरेका छन्। शुक्रबार अछाम जाने क्रममा सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले नेकपा एमाले र माओवादी केन्द्रमा हालकै राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहोर्‍याउने मत बलियो रहेको बताए।

‘राष्ट्रपति र उपराष्ट्रपति दुबैले पुरै समय कार्यकाल विताउन नपाउनु भएकाले अहिलेकैलाई निरन्तरता दिने विषयमा छलफल चलिरहेको छ’ दाहाले भने, ‘एक–दुई दिनभित्रै हामी टुङ्गोमा पुग्छौं ।’ उनले एमालेले राष्ट्रपतिको टुङ्गो लगाएपछि मात्रै माओवादी केन्द्रले उपराष्ट्रपतिको टुङ्गो लगाउने बताए। राष्ट्रपति विद्या भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पुन दोहोरिने दाहालले संकेत गरेका हुन्।

पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले आइतबारसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए। ‘संघीय समाजवादी फोरम सरकारमा आउने भएकाले केही दिन ढिलाई भएको हो’ उनले भने, ‘शनिबारसम्म मन्त्रालय बाँडफाँडलगायतका विषय टुङ्गो लगाएर आइतबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन्छौं।’

उनले सुशासन, स्थायित्व, विकास र समृद्धिका लागि दुई तिहाई बहुमत पुर्याउनका लागि फोरमलाई सरकारमा ल्याउन लागिएको बताए। दाहालले चैतको अन्तिमसम्म दुबै पार्टीका संगठन भंग गरेर नयाँ पार्टी गठन हुने पनि बताए। ‘अन्तरिम राजनीतिक प्रतिवेदन लेखन समिति र विद्यान तथा संगठन निर्माण समितिको प्रतिवेदनका आधारमा छलफल गरेर चैतको अन्तिमसम्मका दुबै पार्टीका हालका संगठन भंग गर्ने तयारीमा हामी छौं’ उनले भने।

निर्वाचन आयोगले फागुन २९ लाई राष्ट्रपति निर्वाचनको मिति तय गरेको छ।

 

प्रकाशित: १८ फाल्गुन २०७४ ०७:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App