१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पाकिस्तानी प्रधानमन्त्री नेपाल आउँदै

काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी नेपाल भ्रमणमा आउने भएका छन्। अब्बासी प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिनको लागि नेपाल आउन लागेको जनाइएको छ। अब्बास नेपाल आउने तयारी भएता पनि मिति भने तय भइसकेको छैन। स्रोतका अनुसार दूतावासले अब्बासको नेपाल भ्रमण सोमबारका लागि प्रस्ताव गरेको छ। उनको भ्रमण दुई दिने हुनेछ। दुई दिने नेपाल भ्रमणको क्रममा अन्य राजनीतिक भेटबार्ता पनि गर्ने छन्।

नेपाल सार्कको अध्यक्ष हो। अब्बासीको नेपाल भ्रमणलाई सार्क शिखर सम्मेलन आयोजनाको लविङको रुपमा समेत हेरिएको छ। पाकिस्तानमा सन् २०१६ मा हुने भनिएको शिखर सम्मेलन भारत सहभागि नहुने भएपछि स्थगित भएको छ। 

प्रकाशित: १८ फाल्गुन २०७४ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App