१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भारतीय जिपको ठक्करबाट एककाे मृत्यु

भीमदत्तनगर – भारतीय नम्बरको जिपको ठक्करबाट बिहीबार राति कञ्चनपुरको भीमदत्तनगरपालिका–६ का ४५ वर्षीय मोहन चन्दको मृत्यु भएको छ। 

गड्डाचौकीबाट भीमदत्तनगरतर्फ आइरहेको युके ०३७१०१ नम्बरको भारतीय जिपको ठक्करले पूर्व–पश्चिम राजमार्गमा हिँडिरहेका चन्दको घटनास्थलमै मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिप चालकको खोजी भइरहेको जनाएको छ। मृतकका आफन्तले चालकलाई नियन्त्रणमा लिएर कारबाहीको माग गर्दै शव दुर्घटनास्थलबाट उठाउन दिएका छैनन्। 

प्रकाशित: १८ फाल्गुन २०७४ ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App