१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जनप्रतिनिधिलाई सुरक्षा चुनौती

प्रमुख जिल्ला अधिकारी समक्ष सुरक्षा चुनौतीबारे छलफल गर्दै गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारी । तस्बिर : डिबी बुढा

जुम्ला – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जुम्लाका जनप्रतिनिधिलाई तत्काल राजीनामा गर्न दबाब दिँदै पत्रचार गरेपछि जिल्लाभर त्रास उत्पन्न भएको छ । जनतासँग जथाभावी कर संकलन नगर्न आग्रह गर्दै राजीनामा दिएर जनसत्तालाई सहयोग गर्न नेकपाले आग्रह गरेको छ । यहाँका प्रत्येक जनप्रतिनिधिको हातमा नेकपाको पत्र पुगिसकेको र आफूहरूलाई सुरक्षा चुनौती देखिएका जनप्रतिनिधिले बताएका छन् । उनीहरूले स्थानीय सरकार सहजरूपमा सञ्चालन गर्न सुरक्षाको माग गरेका छन्। 

गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले पछिल्लो समयमा जनताको काम गर्न असुरक्षा पैदा भइरहेको बताए । उनले कामको सिलसिलामा दुर्गम गाउँमा जान निकै समस्या हुने गरेको सुनाए । ‘नेकपाको पत्र हातमा छ, तत्काल राजिनामाको माग गरेका छन्,’ उनले भने, ‘पत्रमै राजीनामा समयमै नगरे भौतिक कारबाही गर्नेसम्म उल्लेख छ, ढुक्कसँग काम गर्न सकिएको छैन । जनताको हितलाई सर्वोपरि ठानेर काम गछौँ।’ 

सुरक्षाको जिम्मा स्थानीय प्रशासनले लिनु पर्नेमा उनले जोड दिए । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेललाई भेटेर उनले गाउँपालिका कार्यालय नजिकै प्रहरी फोर्स बढाएर राखिदिन माग गरे । उनले अस्थायी प्रहरी पोष्टमा कमै प्रहरी दस्ता भएकोले बढाएर नजिकै राख्न सुझाव दिए। 

प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जनप्रतिनिधीको सुरक्षा चुनौतीलाई स्थानीय प्रशासनले सहजै रूपमा सामाना गर्ने बताए । उनले भने, ‘जनताको हितका लागि ढुक्कसँग काम गर्नु हामी तपाईंहरूको सुरक्षाको जिम्मा लिन्छाैँ । कहिँकतैबाट असुरक्षित महसुस हुनेबित्तिकै स्थानीय प्रहरी प्रशासनलाई जानकारी दिन उनले सुझाव दिए । ‘नेकपाको पत्र जनप्रतिनिधिसम्म पुगेको जानकारी पाएका छाैँ, उनले भने, ‘पत्र पुग्दैमा डराउनुपर्ने अवस्था छैन, तर अप्ठ्यारो अवस्था सिर्जना हुने संकेत हुनेबित्तिकै थाहा दिनुहोला, सुरक्षाको सम्पूर्ण जिम्मा हामी लिन्छाैँ, प्रमुख जिल्ला अधिकारी पौडेलले भने। 
जिल्लाका एक नगरपालिकासहित ८ वटा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र जिल्ला समन्वय समितिसमेतलाई राजीनामा गर्न भनिएको छ । दुर्गम क्षेत्रका जनप्रतिनिधिले आपूmहरूको सुरक्षाको माग गर्दै सम्बन्धित प्रहरी चौकीमा जानकारी गराएका छन् । स्थानीय तहको निर्वाचनपछि काम गर्ने जोश जाँगर आइरहेका बेला नेकपाको पत्रले निरुत्साहित बनाएको जनप्रतिनिधिले बताएका छन्। 

प्रकाशित: १८ फाल्गुन २०७४ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App