१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कात्तिकभित्रै दोहोरो अंकको आर्थिक वृद्धि : ओली

 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रसँग सहकार्य गरी आउँदो आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक वृद्धि पुर्‍याउने सरकारको योजना रहेको बताएका छन्।

नेपाल चेम्बर अर्फ कमर्सको टोलीसँग बिहीबार आफ्नो सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले गत आर्थिक वर्षमा भएको ७.५ प्रतिशतको आर्थिक वृद्धिदरलाई बढाएर दुई अंकमा पुर्‍याउने योजना रहेको जानकारी दिए।

चेम्बरको टोलीले पनि सरकारलाई आगामी दशकभर दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेर काम गर्न सुझाव दिएको थियो ।प्रधानमन्त्री ओलीसँगको भेटमा चेम्बरको तर्फबाट मुलुकको समस्त आर्थिक विकासका लागि बुझाएको प्रतिवेदनमा यस्तो लक्ष्य राखेर अगाडि बढ्न सुझाव दिइएको हो । प्रतिवेदनमा सरकार र निजी क्षेत्र संयुक्त रूपमा मिलेर अघि बढे आर्थिक वृद्धिको लक्ष्य फेला पार्न सकिनेमा जोड दिइएको छ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई २३ पृष्ठ लामो सुझाव प्रतिवेदन बुझाए।अध्यक्ष श्रेष्ठका अनुसार प्रतिवेदनमा कृषि, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा निजी क्षेत्रसँग कसरी मिलेर काम गर्न सकिन्छ भन्ने सुझाव दिइएको छ । यस्तै व्यवसायको लागत घटाउने, कानुनी शासनको प्रत्याभूति, औद्योगिक विकास तथा विदेशी लगानी कसरी ल्याउने भन्ने सुझाव समेटिएका छन् । चेम्बरले राजस्वतर्फ सेयर बजार, यातायात, सञ्चार र पूर्वाधार विकास, पेट्रोलियम पदार्थ सम्बन्धी व्यवस्थालगायत विषयमा पनि सुझाव दिएको छ।

अत्यधिक सार्वजनिक बिदाले मुलुकको आर्थिक विकासमा नकारात्मक प्रभाव पारेको भन्दै त्यसलाई मिलाउन निश्चित समुदायको पर्वमा निश्चित समुदायलाई मात्रै बिदा दिने व्यवस्था उपयुक्त हुने सुझाव छ । आर्थिक क्षेत्रसँग सम्बन्धित ऐनहरूलाई ग्राह्यता, संघीयताका चुनौती, वैदेशिक व्यापार, बैंकिङ क्षेत्रका सुझाव पनि छन् । चेम्बरका अनुसार वित्त व्यवस्थातर्फ स्रोतको अभिलेखीकरण, बजार अनुगमन तथा कालोबजार ऐनलगायत १८ बुँदा समेटिएका छन्।

चेम्बर अध्यक्ष श्रेष्ठले स्थानीय, प्रदेश र केन्द्र सरकारबाट लगाएको दोहोरो कर प्रणालीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।त्यस अवसरमा अर्थमन्त्री युवराज खतिवडाले चेम्बरले दिएका सुझावमध्ये तत्काल गर्न सकिने काम तत्कालै गर्ने प्रतिबद्धता जनाए । उनले सुभावमध्ये गर्न हुने गर्ने र गर्न नहुने नगर्ने स्पष्ट पारे।
 

प्रकाशित: १८ फाल्गुन २०७४ ०१:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App