१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बृद्धबृद्धासँग मुख्यमन्त्रीको होली

बृद्धबृद्धाहरुसँग होली मनाउँदै मुख्यमन्त्री महेन्द्रबहादुर शाही। तस्बिर/नागरिक

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बृद्धबृद्धाहरुसँग होली मनाएका छन्। मुख्यमन्त्री शाहीले बिहीबार वीरेन्द्रनगरको प्रशान्ति बृद्धाश्रम पुगेर त्यहाँ रहेका बृद्धबृद्धाहरुसँग होली बनाएका हुन्। शाहीले होलीको अवसर पारेर बृद्धबृद्धाहरुलाई कम्मल, फलफुल र नगद पनि वितरण गरे।

सो क्रममा उनले बृद्धबृद्धाका गुनासा सुन्नुका साथै आश्रमले गरिरहेको कामको पनि अनुगमन गरे। मुख्यमन्त्री शाहीले प्रशान्ति बृद्धाश्रमलाई कर्णाली प्रदेश स्तरीय बनाइने घोषणा पनि गरे। ‘हामी समाजमा कोही नभएका र केही नभएका बृद्धबृद्धाहरुको संरक्षणका लागि भौतिक पूर्वाधारले सम्पन्न आश्रमको आवश्यकता छ’ मुख्यमन्त्री शाहीले भने, ‘प्रशान्ति बृद्धाश्रमलाई प्रदेश स्तरीय बनाउने कामको सुरुवात गर्छु।’

उनले भगवान खोज्दै धार्मिक स्थल धाउनुको सट्टा बृद्धाश्रम पुगेर बृद्धबृद्धाहरुको सेवामा लाग्न सबैलाई आग्रह गरे। ‘बृद्धबृद्धाहरुको ज्ञान, सीप र उहाँहरुको आर्शिवादले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ’ उनले भने, ‘धार्मिक स्थलमा गएर ढुङ्गालाई पूजा गर्नुभन्दा बृद्धबृद्धाको सेवा गर्दा धर्म आर्जन गर्न सकिन्छ।’ आश्रममा रहेका आठ जना बृद्धबृद्धा मध्ये केहीको नागरिकता छैन्। मुख्यमन्त्री शाहीले नागरिकता विहिन बृद्धबृद्धाहरुलाई नागरिकता दिने प्रक्रिया सुरु गर्ने बताए।

कार्यक्रममा प्रशान्ति बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले बृद्धाश्रमका लागि भौतिक पूर्वाधारको आवश्यकता रहेको बताए।

 

प्रकाशित: १७ फाल्गुन २०७४ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App