१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खोटे सल्लासहित ठाकुर पक्राउ

लहान– खोटे सल्ला (सरर) सहित वन कर्मचारीको टोलीले सिरहाको गोलबजार नगरपालिका क्षेत्रबाट बुधबार साँझ एक युवकलाई पक्राउ गरेको छ। 

जिल्ला वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले चुरे जंगलबाट अवैधरुपमा तस्करी गरिरहेको खोटे सल्ला ९सरर० सहित गोलबजार नगरपालिका–१ गोला मुक्सार निवासी– १८ वर्षीय अजय ठाकुरलाई पक्राउ गरेको हो । 

चुरे जंगलबाट अवैधरुपमा खोटे सल्ला तस्करी भइरहेको गोप्य सूचनाको आधारमा खटिएको टोलीले बोराभित्र लुकाएको करिब २५ किलो खोटे सल्लासहित ठाकुरलाई पक्राउ गरिएको जिल्ला वन कार्यालय लहान सिरहाका प्रमुख सुनिलकुमार सिंहले जानकारी दिए। 

पक्राउ गरिएको ठाकुरविरुद्ध अवैध वन पैदावार ओसारपोसार ऐनअन्तर्गत मुद्दा चलाइएको प्रमुख सिंहले बताए। 

प्रकाशित: १७ फाल्गुन २०७४ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App