१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कुमारी महिला फुटसल हुने

काठमाडौं – कुमारी फुटसलले शनिबारबाट प्रथम कुमारी महिला फुटसल  प्रतियोगिता गर्ने भएको छ।

प्रतियोगितमा १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको र प्रत्येक समूहमा ४ टोली हुने कुमारी फुटसलका अध्यक्ष राजनलाल महर्जनले बताए । लिग कम नकआउट प्रणालीमा हुने प्रतियोगिताको प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन्।
समूह ‘ए’ मा लेडी लायन्स, डुकु फुटसल हब, जी फोर फुटसल र छहारी शिक्षा सदन छन्।

त्यस्तै समूह ‘बी’ मा फुटसल एरिना बौद्ध, गोल्डेन गल्स, सिन्धुपाल्चोक एफसी र एनएमसी तथा समूह ‘सी’ मा न्युजेन, गो स्पोर्र्ट्स, एक्मी र डाइनामिक फुटसल छन् । समूह ‘डी’ मा थन्डर बर्डस्, स्टार स्पोटर्स क्लब, कोलिजिमन र आयोजक कुमारी फुटसल छन्। प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार हात पार्नेछन्।

 

 

 

प्रकाशित: १७ फाल्गुन २०७४ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App