१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

होली लक्षित गरी सुरक्षा व्यवस्था कडा

गुल्मी – जिल्लाको सदरमुकाम तम्घास तथा आसपासका क्षेत्रहरूमा आज बिहानैदेखि सामाजिक सदभाव, हर्ष र रगंहरूको पर्व फागु अर्थात होली पर्वको चहल पहल बढेको छ। 

सदरमुकाम तम्घासको बसपार्क, पुतलीबजार, उदिनढुङ्गा, क्याम्पस रोड, खानीगाउँ विभिन्न चोकहरू लगायतमा होलीको विहानैदेखि चहल पहल बढेको हो । सामाजिक सदभाव, हर्ष र रगंहरूको पर्व फागु(होली) नेपालका पहाडी जिल्लामा आज मनाउने प्रचलन अनुसार गुल्मीमा पनि यो पर्व धुमधामसँग मनाउने गरिन्छ।

यस्तै होलीलाई लक्षित गरी प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था आज विहानै देखि थप कडा पारिएको जनाएको छ । विशेष गरेर होलीको बहानामा फोहोर पानी शरीरमा फाल्ने, ईच्छा विपरित रंग दल्ने, लोला हान्ने लगायतका मानवीय मर्यादा विपरित काम गर्ने र पर्वको नाममा मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा गलत गतिविधि गर्नेहरूलाई तत्काल पक्राउ गरी कारबाही गरिने प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताए।

होलीको समयमा विभिन्न आवाञ्छित घटना तथा दुर्घटना हुन सक्ने भएकोेले त्यसमा सचेत हुन पनि प्रहरीले सबैमा आग्रह गरेको छ । जिल्लाका सबै प्रहरी चौकी र ईलाका मार्फत १२ वटै स्थानीय तह समेटेर सुरक्षा व्यवस्था चुस्तदुरुस्त पारिएका कारण होलीको नाममा मर्यादा विपरित काम गर्नेलाई तत्काल घटनाको प्रकृतीहेरी कारबाही गरिने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अनुराग द्धवेदीले जानकारी दिए। 

प्रकाशित: १७ फाल्गुन २०७४ ०२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App